Responsive Ad Slot

ताजा समाचार

latest

बार्सिलोनाले बार्यन म्युनिख प्रतिद्वन्द्वी पायो

May 3, 2015

/ by kpcat
च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा बार्सिलोनाले पेप ग्वार्डिआलाको बार्यन म्युनिख प्रतिद्वन्द्वी पाएको छ ।
शुक्रबार भएको ड्रमा साविकको विजेता रियल मड्रिडले भने १२ वर्षपछि सेमिफाइनलमा पुगेको इटालियन क्लब युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।
पहिलो लेग मे ५ र ६ तारिखमा मा हुनेछ ।
बार्यनका प्रशिक्षक ग्वार्डिआलाले बार्सिलोनामा रहँदा चार वर्षमा १३ उपाधि दिलाएका थिए, जसमा २००९ र २०११ को च्याम्पियन्स लिग समेत छ ।
गत सिजन भने उनको प्रशिक्षणमा रहेको बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा रियल मड्रिडसँग पराजित भएको थियो । उक्त सिजन रियल मड्रिड च्याम्पियन बन्यो ।
बार्सिलोना भने एथलेटिको मडि्रडसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।
सन् २०१२/१३ को सिजनमा बार्यन म्युनिख र बार्सिलोना सेमिफाइनलमा भिडेका थिए, जसमा जर्मन क्लब समग्रमा ७-० ले विजयी भयो । उक्त सिजन बार्यनले उपाधि उचालेको थियो ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat