Responsive Ad Slot

ताजा समाचार

latest

साङतारीमा खेलकर्मीद्वारा राहत वितरण

May 3, 2015

/ by kpcat
अगिल्लो शनिबार १३ गते गएको विनाशकारी भूकम्पबाट काठमाडौं पूर्वी क्षेत्र, साङतारीका अति प्रभावित क्षेत्र तामाङ वस्तीका करिब ४० परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, मिसेस नेपाल रजनी थापा तथा नेप्लिज कम्यूनिटी, युके, बेसिङ स्टोक मिलेर सामाग्री वितरण गरेको कार्यक्रम संयोजक एवं नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
पीडित प्रत्येक परिवारलाई १ बोरा चामल, १ प्योकट नुन, १ प्याकेट तेल, खुर्सानी, बेसार, त्रिपाल, विस्कुत, चाउचाउ, कपडा, भुजियालगायतका सामाग्री प्रदान गरिएको खड्काले बताए ।
त्यस्तै भुकम्पमा परी ज्यान गुमाएकी कुमारी तामाङका परिवारलाई खेलाडी संघका उपाध्यक्ष केदारेश्वरमान स्थापितले आर्थिक सहयोग स्वरुप ५ हजार रुपैयाँ उपलब्ध गराए । स्व. कुमारीकी पति गणेशलाई स्थापितले रकम हस्तान्तरण गरे ।
राहत वितरण कार्यक्रममा खेलाडी संघका अध्यक्ष दीपक विष्ट, महासचिव दीपक श्रेष्ठ, पर्वतारोही सञ्जय पण्डितलगायतको सहभागिता थियो ।
सअघि नेप्लिज तेक्वान्दो एकेडेमीले साँखु, आलापोट र जर्सिङ पौवाका भूकम्प पीडितलाई पनि राहत सामाग्री वितरण गरेको खड्काले जानकारी गराए ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat