Ads Below Title

Ads Inside Post

Ads End Post

May 3, 2015

स्कटल्याण्डसँगको खेल सार्न क्रिकेट संघको आग्रह

नेपाल क्रिकेट संघ क्यानले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्डसँगको खेल केही पछि सार्न आग्रह गरेको छ ।
शनिबार गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले कीर्तिपुरस्थित इन्डोर हलमा क्षति पुगेको छ । भूकम्पपछि नेपाली क्रिकेटरहरुको तयारी समेत प्रभावित भएपछि स्कटल्याण्डसँगको खेल पछि सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई आग्रह गरेको हो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्याण्डको खेल जुन १० र १२ का लागि तय भएको छ । यसलाई जुन अन्त्यतिर सार्न आईसीसी र स्कटल्याण्डलाई आग्रह गरिएको क्यान स्रोतले जनाएको छ ।
भारत सहयोग गर्न तयार
यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आसन्न टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाललाई सहयोग गर्ने इच्छा देखाएको छ ।
भूकम्पका कारण नेपालले विश्वकप छनोटको आवश्यक तयारी सुरु गर्न सकेको छैन ।
बीसीसीआईले नेपाली क्रिकेटरहरुलाई अभ्यास र तयारीका लागि मैदानसहितको सहयोग गर्ने इच्छा देखाएको हो । बीसीसीआईले नेपालले आवश्यक ठानेमा आफ्नो नेशनल क्रिकेट एकेडेमीमा अभ्या तथा तयारी गर्न दिने बताएको छ ।
तर, क्यानले केही बताएको छैन ।

No comments:

Post a Comment

Thanks.

Comments system

[facebook]

Disqus Shortname

Spot.IM ID

Flickr User ID

96081833@N05

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Google ads Main JS