Responsive Ad Slot

ताजा समाचार

latest

‘हामी नेपालसँगै छौं’ भन्दै रियल मड्रिडका खेलाडी मैदानमा उत्रिए

May 3, 2015

/ by kpcat
स्पेनिस जाईन्ट रियल मड्रिड फुटबल क्लबका खेलाडीहरुले ‘तोडोस् कन नेपाल’ अर्थात हामी नेपालसँगै छौं लेखेको टिसर्ट लगाउँदै नेपालमा भूकम्पमा परी ज्यान गुमाउनेहरुको सम्झना गरेका छन्।
फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो लगायतका खेलाडीहरुले सो टिसर्ट लगाउँदै मौनधारण गर्दा ,घरेलु मैदानको ठुलो स्क्रिनमा ‘युनाईटेट विथ नेपालू भन्दै ऎक्यबद्दता जनाईएको थियो।
यसअघि पनि बार्सिलोना फुटबल क्लब लगायतका अन्य क्लबहरुले पनि खेल शुरु हुनु भन्दा केहि समय अगाडी मौनधारण गर्दै सम्झना गरेका थिए। ला लिगा अन्तर्गतका सबै जसो क्लबहरुले यस हप्ता भएका खेल अगावै मौनधारण गरी चिरशान्तीको कामना गरे।
यस्तै फिफा बर्ष खेलाडी क्रिष्टियानो रोनाल्डो, लिओनल मेस्सी लगायतका फुटबलरहरुले भूकम्पबाट प्रभावित नेपाली बालबालिकालाई सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनीहरुले सेभ दी चिल्ड्रेनको अभियानमार्फत सहयोग गर्न अपिल गरेका हुन्।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat