युभेन्टस लगातार चौंथो पटक इटालियन च्याम्पियन

साम्पडोरियामाथि संघर्षपूर्ण जीत निकाल्दै युभेन्टसले लगातार चौंथो पटक इटालियन सिरिया ए को उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । खेलको पहिलो हाफमा अरटुरो भिडालको एक मात्र गोलको मद्दतले युभेन्टसले साम्पडोरियालाई पराजित गरेको हो ।
टुरिन क्लबलाई उपाधि माथि कब्जा जमाउन खेलबाट मात्र १ अंक आवश्यक रहेको थियो । युभेन्टसको यो ३१ औं लिग उपाधि हो ।

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले आफ्नो पहिलो सिजनमा नै उपाधिको स्वाद चाख्न सफल भएका छन् । युभेन्टसका पूर्व प्रशिक्षक एन्टोनियो कोन्टेले छाडेपछि ४७ वर्षीय एलेग्री गत वर्ष टिमको प्रशिक्षक नियुक्त भएका थिए ।
युभेन्टसले दोस्रो स्थानमा रहेको लाजियोलाई पछि पार्दै ४ खेल बाँकी छँदै उपाधिमाथि कब्जा जमाउन सफल बनेको छ । क्लबले यस सिजन तिन वटा उपाधि जित्ने सम्भावना अझै कायम रहेको छ ।
युभेन्टसले मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडको सामाना गर्नेछ भने इटालियन कपको फाइनलमा लाजियोको समाना गर्नेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.