Responsive Ad Slot

ताजा समाचार

latest

मदन भण्डारी गोल्डकपको पुरस्कार राशी बृद्धि

May 9, 2015

/ by kpcat
 जननेता मदन भण्डारीको स्मृतिमा चौथो अन्तर्राष्ट्रिय मदन भण्डारी स्मृति गोल्ड कपको पुरस्कार बृद्धिसँगै यही बैशाख २७ गतेदेखि आयोजना गरिने भएको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी–६, मंगलबारेको आयोजनामा सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । गत बर्ष एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको यस बर्ष ५० हजार बुद्धि गरी १ लाख ५० हजार रुपैयाँ पु¥याएको छ भने गत बर्ष ५० हजार रुपैयाँ रहेकोमा यस बर्ष १ लाख रुपैयाँ पु¥याइएको छ । जननेता भण्डारीको स्मृतिमा प्रत्येक बर्ष गोल्ड कपको आयोजना गरिदैं आएको छ । पत्रकार सम्मेलनको अवसरमा प्रतियोगिताको ट्रफि र खेलतालिकासमेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी, दमक फुटबल क्लब दमक, कञ्चनजंङ्गा फुटबल क्लब सिलगुडी, चर्च ब्वाइज युनाइटेड काठमाडौं, झापा–११ र दार्जिलिङ–११ भारत समावेश रहने आयोजकले जनाएको छ । प्रतियोगितामा दैनिक उत्कृष्ट खेल प्रस्तुत गर्ने खेलाडीलाई म्याअफ दी म्याचको साथै खेल अवधिभर सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, फरवार्ड लगायतलाई छनौट गरी पुरस्कृत गरिने पूर्व राष्ट्रिय खेलाडी तथा आयोजक समितिका सदस्य सञ्जिव बुढाथोकीले बताए । स्थानीय सालबारी सामुदायिक बन क्षेत्रको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा १६ लाख ५० हजार रुपैयाँ आम्दानी र १४ लाख २५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा नाफा भएको रकम भूकम्प पीडित राहत कोषमा जम्मा गरिने चौथो संस्करण फुटब आयोजक समितिका संयोजक भूपाल सिंह जिमीले जानकारी दिए । भूकम्पबाट दिवंगत हजारौंप्रति श्रद्धान्जली अपर्ण गर्ने, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने र करोडौं त्रसिद मनस्थितिलाई खेल मनोरञ्जन मार्फत सामाजिक अन्तरघुलनमा सहयोग पु¥याउने तथा ब्यवासायिक फुटबल खेलाडीहरुको उत्पादन, नकारात्मक तथा दुब्र्यसनीउन्मूख यूवाहरुको मनस्थितीमा रुपान्तरण गरी सभ्य र समृद्ध समाज निर्माण गर्ने, फुटबल मैत्री बनाउन प्रोत्साहित गर्ने लगायत उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । दैनिक रुपमा सात हजारभन्दा बढि दर्शकहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ । प्रतियोगितालाई भब्य र ब्यवस्थित बनाउन तयारी सुरु भइरहेको सदस्य सचिब रुद्रबहादुर तामाङले जानकारी दिनुभयो । प्रतियोगिताको लागि स्वागत गेट निर्माण, खेल मैदान ब्यवस्थापन, मञ्च निर्माण लगायतको कार्य भइरहेको उनले बताए । उद्घाटन खेल राष्ट्रिय जागृति क्लब इटहरी र दमक फुटबल क्लब दमकबीच हुने जनाइएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat