समर युनिभर्सियाड गेममा नेपाल पदकविहीन

२८ असार, काठमाडौं । दक्षिण कोरियाको ग्वाङजुमा जारी २८ औं समर युनिभर्सियाड गेम- २०१५ मा नेपालको नेपाल पदकविहीन भएको छ ।
युनिभर्सियादको ११ औं दिन नेपाली टेबलटेनिस र तेक्वान्दो खेलाडीको पराजयसँगै नेपालको चुनौती समाप्त भएको हो । आइतबार टेबलटेनिसका दीप साउन र तेक्वान्दोकी निमा गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै पराजित भए ।
छोसुन युनिभर्सिटी जिम्नेसियममा तेक्वान्दोतर्फ महिलाको ५३ केजीमुनि निमा कोलम्बियाकी पेड्रोजो इरिक सेसीलियासँग पराजित भइन् । निमा ५-१८ ले पछि परिन् ।
यसअघि तेक्वान्दोमै नेपालकी निशा रावल र सीता तामाङ पराजित भइसकेका छन् । सीता दोश्रो चरणमा पुग्ने एक्लो खेलाडी भइन् । सीताले पहिलो चरणमा भुटानकी खेलाडीलाई हराएकी थिइन् ।
त्यस्तै जाङसियोङ होङग्लीडोङ जिम्नेसियममा भएको टेबलटेनिसको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन दीप नकआउट चरणको पहिलो खेलमा भेनेन्ज्युएलाका कोरिए फिग्युरोसंग ८-११, ५-११, ११-६, ७-११ र १२-१४ ले पराजित भए ।
टेबलटेनिस र तेक्वान्दोसहित विभिन्न ७ खेलमा नेपालबाट १९ खेलाडीले सहभागिता जनाएका थिए । यसअघि लनटेनिस, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनबाट नेपाली खेलाडी बाहिरीसकेका छन् ।
टेबलटेनिसमा सबैभन्दा बढी ७ खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोमा ३, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनमा समान २-२ तथा लनटेनिसमा १ खेलाडी सहभागी थिए । खेलाडी, प्रशिक्षक र अफिसियलसहित नेपाली टोली ३८ सदस्यीय रहेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जनाएका छन् ।
दुई वर्षको अन्तरालमा हुने युनिभर्सियाडमा नेपालले योपटक सहभागिता जनाएको खेल र खेलाडी संख्या अहिलेसम्मकै बढी हो । चीनमा भएको २६ औं संस्करणमा तेक्वान्दोमा दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रुसको कजानमा भएको २७ औं संस्करणको बुद्धिचाल र साम्बोमा समान २-२ खेलाडीले भाग लिएका थिए ।
ओलम्पिक पछि दोश्रो ठूलो बृहत मानिने यो खेल मेलामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन् । विभिन्न २१ खेलमा २ सय ७२ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.