Responsive Ad Slot

Showing posts with label Table Tennis. Show all posts
Showing posts with label Table Tennis. Show all posts

रफाईल नदाल क्वाटरफाईनलमा

No comments

Jan 24, 2017

माघ ११ । स्पेनिस खेलाडी रफाईल नदाल अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन्. ।


चौथो चरणको खेलमा फ्रान्सका गेल मोन्फिल्सलाई ६-३, ६-३, ४-६ र ६-४ ले हराँउदै नदाल क्वाटरफाईनलमा पुगेका हुन् ।
क्वाटरफाईनलमा अब नदालको भिडन्त क्यानाडाका मिलोस राओनिकसँग हुनेछ ।
चौथो चरणको खेलमा स्पेनका रोबर्टो बाउटिस्टालाई ७-६, ३-६, ६-४ र ६-१ ले हराँउदै तेस्रो वरियताका राओनिक अन्तिम आठमा पुगेका हुन् ।
चौथो चरणकै अन्य खेलहरुमा विजयी हुँदै बुल्गेरियाका ग्रिगोर दिमित्रोभ र बेल्जियमका डेभिड गोफिन पनि क्वाटरफाईनलमा पुगेका छन् ।
अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ ब्रिटेनकी योहाना कोन्टा, अमेरीकाकी सेरेना विलियम्स, क्रोएशियाकी लुसिच बारोनी र चेक गणतन्त्रकी क्यारोलिना प्लीस्कोभा क्वाटरफाईनलमा पुगेका छन् ।
क्वाटरफाईनलमा कोन्टा र सेरेना तथा प्लीस्कोभा र बारोनी भिड्नेछन् ।

दीप साउन र नविता श्रेष्ठले स्वर्णपदक कब्जा गरे ।

No comments

Dec 27, 2016


पौष ११।  टेबलटेनिसतर्फको मिक्स डबलल्सको खेलमा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै स्वर्णपदक कब्जा गरे ।
सोमबार विराटनगरमै भएको खेलमा सशस्त्र प्रहरीका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा आर्मीका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझाए ।

युएस ओपन टेनिसको उपाधि एन्जेलिक लाइ

No comments

Sep 12, 2016

 भदौ २६ । यस वर्षको युएस ओपन टेनिस महिलातर्फको उपाधि जर्मनीकी एन्जेलिक केर्बरले जितेकी छन् ।
अमेरिकाको न्युयोर्कमा भएको प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न फाइनलमा चेक गणतन्त्रकी क्यारोलिना प्लिस्कोभालाई हराउँदै केर्बरले उपाधि जितेकी हुन् ।
प्लिस्कोभा विरुद्धको फाइनल खेल केर्बरले ६–३, ४–६ र ६–४ को सेटमा जितिन् । केर्बरको यो उपाधि करियरको दोस्रो ग्रान्ड स्लाम उपाधि हो ।
यसअघि गत जनवरीमा सम्पन्न सिजनको पहिलो ग्रान्ड स्लाम टेनिस अष्ट्रेलियन अ‍ोपनको उपाधि पनि केर्बरले जितेकी थिइन् ।
युएस ओपनको उपाधिसँगै केर्बर विश्व वरियताको शीर्ष स्थानमा पुग्ने पनि निश्चित भएको छ ।
युएस ओपन टेनिसको पुरुषतर्फको फाइनलमा भोलि बिहान सर्वियाका नोभाक जोकोभिच र स्विट्जरल्याण्डका स्टानिस्लास वावरिङ्का भिड्ने छन् ।

अन्तरविद्यालय खुला लनटेनिस प्रतियोगिता सुरु

No comments

Aug 18, 2016


भदौ २  । लिटिल एन्जल्स स्कुलको आयोजनामा बुधबारदेखि एलए/जेटीआई अन्तरविद्यालय खुला लनटेनिस प्रतियोगिता सुरु भएको छ ।
ललितपुरको हात्तिवनस्थित लिटिल एन्जल्स स्कुलको कोर्टमा बुधबार बिहान एक समारोहकाबीच नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरेको प्रतियोगिता ८ दिनसम्म चल्नेछ ।
प्रतियोगिताको यो नवौं संस्करणमा विभिन्न ३४ विद्यालयका २ सय ४ खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा छात्रा र छात्रातर्फ ८ वर्ष, १० वर्ष, १२ वर्ष, १४ वर्ष, १६ वर्ष र मिक्स डबल्स गरी कुल १२ इभेन्ट्समा खेलहरु हुनेछन् ।

धनलक्ष्मी स्मृति स्क्वास हुने

No comments

Jul 3, 2016

असार १९।  नेपाल स्क्वास र्‍याकेट्स संघका अध्यक्ष किशोर महर्जनले आफ्नी आमाको स्मृतिमा राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना गर्ने घोषणा गरे ।
धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता अगष्ट १ तारिखदेखि सातदोबाटोमा हुने भएको हो । प्रतियोगितामा पुरुष/महिला सिंगल्स, यु-१७ र यु-१३ ब्वाइज सिंगल्स तथा भेट्रान्स ५० वर्षमाथि पुरुष सिंगल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

सेरेनाको विजयी सुरुवात

No comments

Jun 30, 2016

असार 16 । ब्रिटिश खेलाडी एण्डी मरे वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिस विम्बल्डनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
बेलायतको विम्बल्डनमा जारी प्रतियोगिताको पहिलो चरणको खेलमा आफ्नै देशका लियाम ब्रोडीलाई सोझो सेटमा हराउँदै मरे दोस्रो चरणमा पुगेका हुन् ।
खेलमा मरे ६-२, ६-३ र ६-४ को सोझो सेटमा विजयी भए । घाँसे कोर्टमा सञ्चालन हुने वर्षको एकमात्र ग्रान्ड स्लाम टेनिस विम्बल्डनको दोस्रो चरणमा मरेले चाईनिज ताईपेईका यन सेन लुसँग खेल्नेछन् ।
विम्बल्डन टेनिसको पहिलो चरणका अन्य खेलहरुमा विजयी हुँदै स्विट्जरल्याण्डका स्टानिस्लास वावरीङ्का, फ्रान्समा रिचार्ड ग्यास्के र जो विल्फ्रेड सोङ्गा, स्पेनका रामोस भिलानोस र फेलीसीयानो लोपेज पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
उता महिलातर्फ अमेरीकाकी सेरेना विलियम्स र रुसकी स्वेतलाना कुज्नेत्सोभा पनि दोस्रो चरणमा पुगेका छन् ।

सारापोभामाथि दुई वर्षे प्रतिवन्ध

No comments

Jun 9, 2016

जेस्ठ २७।  प्रतिवन्धित औषधि सेवन गरेको पाइएपछि रसियन टेनिस सुन्दरी मारिया सारापोभामाथि २ वर्षको प्रतिवन्ध लागेको छ ।
अन्तराष्ट्रिय टेनिस महासंघले सारापोभामाथि यो प्रतिवन्धको घोषणा गरेको हो । एन्टी डोपिङ टेष्टका क्रमा पोजेटिभ पाएपछि गत मार्चबाटै उनले खेल्न पाएकी छैनन् ।
२९ वर्षीय सारापोभाले भने मुटु रोग सम्वन्धि उक्त औषधि आफूले २००६ देखि नै खाने गरेको बताएकी छन् ।
उनको प्रतिवन्ध २०१६ जनवरी १ देखि लागू हुनेछ । पाँच पटकका ग्राण्डस्लाम विजेता सारापोभाले प्रतिवन्ध अस्वीकार्य नभएको बताएकी छन् ।र, यसविरुद्ध अपील गर्ने बताएकी छिन् ।

नेपाली लङ्टेनिस टोली बैंकक प्रस्थान

No comments

Jun 6, 2016

जेठ २४। आईटीएफ/एटीएफ डेभलोप्मेन्ट क्याम्पमा सहभागी हुन ८ खेलाडीसहित ९ सदस्यीय नेपाली लनटेनिस टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
जुन ५ देखि १८ तारिखसम्म सञ्चालन हुने क्याम्पको पुरुषमा संरक्षक भूषण बज्राचार्य, प्रणव खनाल, अभिनव आचार्य र सौरभराज पाण्डेले भाग लिने छन् ।
महिलामा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा, खुशी पाण्डे र प्रेरणा कोइराला सहभागी हुनेछन् । प्रशिक्षकमा सन्तोष खत्री छन् ।
क्याम्पपछि बैंककमै हुने आईटीएफ यु–१८ विश्व जुनियर र्‍याकिङ टेनिस प्रतियोगितामा पनि केहि खेलाडीले भाग लिने छन् । मायांका र माहिका तथा संरक्षकले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अखिल नेपाल लनटेनिस संघले जनाएको छ । प्रतियोगिता जुन २० देखि २५ तारिखसम्म हुने छ ।
टोलीलाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य ज्ञानेन्द्र खनालले एक कार्यक्रमबीच आइतबारै अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

राष्ट्रपति रनिङ सिल्डमा विपना सर्वोत्कृट

No comments

Jun 5, 2016

२१ जेठ, काठमाडौं । चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर जम्प गर्दै विपना विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
विपनाले ४ गुणा १०० तथा ४ गुणा ४०० मिटर रिलेमा पनि टोलीसँग मिलेर स्वर्ण हात पारिन् ।  सर्वोत्कृष्ट घोषित भएसंगै खेलकुद मन्त्रालयका सह-सचिव चूढामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गरे । एक लाख राशीको पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने छ ।
मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १४.५ सेकेन्ड तथा सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी मन्जु रावतले ५ मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै विद्यालयस्तरकै कीर्तिमान बनाएका थिए ।
समग्रमा मध्यमाञ्चल टिम च्याम्पियन बन्यो । मध्यमाञ्चलले ३ सय १९ अंक बटुल्यो । दोश्रो भएको पश्चिमाञ्चलले २ सय १९ अंक बटुल्यो । १ सय १८ अंकसाथ मध्यपश्चिाञ्चल तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जिते ।

अस्ट्रेलियन ओपनको उपाधि जोकोभिचलाई

No comments

Feb 1, 2016

माघ १८ । सर्बियाका नोभाक जोकोभिचले यो वर्षको पहिलो ग्राण्ड स्लाम उपाधि हात पारेका छन् । अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ टेनिस  उपाधिका लागि भएको भिडन्तमा उनले बेलायतका एन्डी मर्रेलाई पराजित गर्दै वर्षको पहिलो ग्राण्ड स्लाम कब्जा गरेका हुन् ।
जोकोभिचले मर्रेलाई लगातार तीन सेटमा ६–१, ७–५ र ७–६ले पराजित गरे । पहिलो सेट जित्न उनलाई केवल ३० मिनेट लागेको थियो तर दोस्रो सेटमा भने उनले निकै संघर्ष गर्नु पर्‍यो । तेस्रो सेटमा पनि मर्रेले उनलाई कडा टक्कर दिए । अन्ततः टाइब्रेकरमा जोकोभिच हावी भए ।
जोकोभिचको यो छैठौं अस्ट्रेलियन ओपन उपाधि हो । उनले हालसम्म ११ ग्राण्ड स्लाम उपाधि हासिल गरेका छन् ।

सेरेना अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

No comments

Jan 21, 2016

माघ ७ । विश्व नम्बर एक सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको खेलमा अमेरिकी सेरेनाले ताइवानकी सिह सु वेईलाई हराएर दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।
सेरेनाले वेईलाई ६–१ र ६–२ को सोझो सेटमा हराएकी हुन् । यस्तै पुरुष एकलतर्फ विश्व नम्बर दुई रोजरफेडेरर पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
फेडेररले अलेक्जेन्डर डोल्गोपोलोभलाई ६–३, ७–५ र ६–१ को सेटमा हराएर दोस्रो चरणमा प्रवेश गरेका हुन् । फेडेररले पछिल्लो पटक सन् २०१० मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

बेलायतले लग्यो डेभिस कप टेनिसको उपाधि

No comments

Nov 30, 2015

मंगसिर १४।  यस वर्षको डेभिस कप टेनिसको उपाधि बेलायतले जितेको छ । बेल्जियमको घेन्टमा आइतबार राति भएको खेलमा ब्रिटिस खेलाडी एण्डी मरेले बेल्जियमका डेभिस गोफीनलाई हराँउदै उपाधि जिताएका हुन् ।
५ खेलको श्रृंखलामा २-१ को अग्रता लिएको अवस्थामा चौथो खेल जित्दै बेलायतका मरेले टोलीलाई ३-१ को अग्रता दिएपछि उपाधि पक्काभएको हो ।
गोफीन विरुद्धको खेल मरेले ६-३, ७-५ र ६-३ आफ्नो पक्षमा पारे । बेलायतले प्रतिष्ठित डेभिस कप टेनिसको उपाधि जितेको सन् १९३६ पछि यो पहिलो अवसर हो । यो सँगै बेलायतले १० पटक डेभिस कप टेनिसको उपाधि जितेको छ ।

राष्ट्रव्यापी विद्यालयस्तरीय टेबलटेनिसमा अन्जुलाई स्वर्ण

No comments

Sep 12, 2015

भाद्र २६। प्रभात इङलिस उमाविकी अन्जु सुवालले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् ।
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु-१२ गल्र्स सिंगल्सको फाइनलमा अन्जुले विजेश्वरीकी दुर्गा राजभण्डारीलाई १३-११, ११-७ र ११-६ को सोझो सेटमा पराजित गरिन् । प्रभातकी मन्जु सुवाल र विजेश्वरीकी अनुष्का सिम्खडा संयुक्त रुपमा तेश्रो बने ।
ब्वाइज टिम इभेन्टमा आदर्श विद्या मन्दिर (एभीएम) ले विद्याआर्जनलाई ३-० तथा प्रोक्सिमाले युसीपीएसलाई ३-१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
सोही स्पर्धाको गर्ल्समा एभीएमले युसीपीएसलाई ३-० ले पाखा लगाउदै फाइनलमा पुग्यो । फाइनलमा एभीएमको भेट प्रभात र विजेश्वरीबीचको विजेतासंग हुनेछ ।
सामाखुशीस्थित पुष्पकुञ्जमा भइरहेको प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा पुष्पकुञ्जका दीपेश सुवेदी र विवेक जिसी तेश्रो चरणमा प्रवेश गरे भने यु-१२ ब्वाइज सिंगल्समा पुष्पकुञ्जका कैलाश गुरुङ दोश्रो चरणमा पुगे ।
प्रतियोगिता शनिबार सम्पन्न हुदैछ  ।

राष्ट्रव्यापी विद्यालयस्तरीय TT शुक्रबारदेखि

No comments

Sep 11, 2015

भाद्र २५।  चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगिता शुक्रबारदेखि हुदैछ ।
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज उमाविको संयुक्त आयोजनामा हुने प्रतियोगितामा विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने पुष्पकुञ्जका संस्थापक पि्रन्सिपल एकबहादुर आलेले जनाएका छन् ।
यु-१२ र यु-१६ ब्वाइज/गर्ल्स सिंगल्स तथा ब्वाइज/गल्र्स टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यु-१२ ब्वाइजमा ४१ र गल्र्समा ११ तथा यु-१६ ब्वाइजमा ९० र गल्र्समा २१ खेलाडी सहभागी हुने छन् । टिम इभेन्टको ब्वाइजमा ९ र गल्र्समा ७ टिमले भाग लिने छन् ।
यु-१२ का विजेताले ५ हजार, उपविजेताले ३ हजार र तेश्रो हुनेले १/१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै यु-१६ मा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २/२ हजार नगद पुरस्कार हात पार्नेछन् । टिम इभेन्टमा नगद पुरस्कार राखिएको छैन ।
विभिन्न २९ विद्यालयको सहभागिता दुईदिने प्रतियोगिताका खेलहरु सामाखुशीको मित्रनगरस्थित आयोजक पुष्पकुञ्जमै हुनेछ ।

एथलेटिक्स टोली फ्रान्स जाँदै

No comments

Jul 27, 2015

वर्ल्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १४ भेट्रान खेलाडीसहित नेपाली टोली प|mान्सको लियोन जाने भएको छ ।
अगष्ट ४ देखि १६ तारिखसम्म हुने च्याम्पियनसिपमा भीमसेन अवाले, बालकृष्ण डंगाल, मनीष जोशी, सावित्री खनाल, शिवहरि खनाल, बाबुकृष्ण महर्जन, राजमान महर्जन, रमेश महर्जन, विष्णु मल्ल, इन्द्रा मल्ल, त्रिरत्न मानन्धर, दीपककुमार रन्जित, रमेश शाक्य र कृष्णकुमार श्रेष्ठले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा विश्वरत्न मानन्धर रहेका छन् ।
१९ सदस्यीय टोलीमा नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटका उपाध्यक्ष यज्ञलाल श्रेष्ठ र कोषाध्यक्ष भैरव शाही, मिडियाबाट विजय पाण्डे र रामकृष्ण आले मगर पनि छन् । टोली अगष्ट २ तारिख जाँदैछ ।
टोलीलाई गजराज जोशी ट्रष्टले झोरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्‍यो । च्याम्पियनसिपमा विभिन्न १ सय ८८ राष्ट्रका ८ हजार ४ सय प्रतिस्पर्धीको सहभागिता रहने कोषाध्यक्ष शाहीले जनाएका छन् ।
कार्यक्रममा भूकम्पका परी ज्यान गुमाएका भगवती क्लबका उपाध्यक्ष गजेन्द्र श्रेष्ठको परिवारलाई गजराज जोशी ट्रष्टले आर्थिक सहयोग प्रदान गरेको थियो ।
क्लबको तर्फबाट मनीषा जोशीले स्व. गजेन्द्रका छोरा धीरेन्द्रलाई २० हजार नगद हस्तान्तरण गरिन् ।

समर युनिभर्सियाड गेममा नेपाल पदकविहीन

No comments

Jul 13, 2015

२८ असार, काठमाडौं । दक्षिण कोरियाको ग्वाङजुमा जारी २८ औं समर युनिभर्सियाड गेम- २०१५ मा नेपालको नेपाल पदकविहीन भएको छ ।
युनिभर्सियादको ११ औं दिन नेपाली टेबलटेनिस र तेक्वान्दो खेलाडीको पराजयसँगै नेपालको चुनौती समाप्त भएको हो । आइतबार टेबलटेनिसका दीप साउन र तेक्वान्दोकी निमा गुरुङले प्रतिस्पर्धा गरेका थिए । दुवै पराजित भए ।
छोसुन युनिभर्सिटी जिम्नेसियममा तेक्वान्दोतर्फ महिलाको ५३ केजीमुनि निमा कोलम्बियाकी पेड्रोजो इरिक सेसीलियासँग पराजित भइन् । निमा ५-१८ ले पछि परिन् ।
यसअघि तेक्वान्दोमै नेपालकी निशा रावल र सीता तामाङ पराजित भइसकेका छन् । सीता दोश्रो चरणमा पुग्ने एक्लो खेलाडी भइन् । सीताले पहिलो चरणमा भुटानकी खेलाडीलाई हराएकी थिइन् ।
त्यस्तै जाङसियोङ होङग्लीडोङ जिम्नेसियममा भएको टेबलटेनिसको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन दीप नकआउट चरणको पहिलो खेलमा भेनेन्ज्युएलाका कोरिए फिग्युरोसंग ८-११, ५-११, ११-६, ७-११ र १२-१४ ले पराजित भए ।
टेबलटेनिस र तेक्वान्दोसहित विभिन्न ७ खेलमा नेपालबाट १९ खेलाडीले सहभागिता जनाएका थिए । यसअघि लनटेनिस, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनबाट नेपाली खेलाडी बाहिरीसकेका छन् ।
टेबलटेनिसमा सबैभन्दा बढी ७ खेलाडीले सहभागिता जनाएका थिए । तेक्वान्दोमा ३, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनमा समान २-२ तथा लनटेनिसमा १ खेलाडी सहभागी थिए । खेलाडी, प्रशिक्षक र अफिसियलसहित नेपाली टोली ३८ सदस्यीय रहेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जनाएका छन् ।
दुई वर्षको अन्तरालमा हुने युनिभर्सियाडमा नेपालले योपटक सहभागिता जनाएको खेल र खेलाडी संख्या अहिलेसम्मकै बढी हो । चीनमा भएको २६ औं संस्करणमा तेक्वान्दोमा दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रुसको कजानमा भएको २७ औं संस्करणको बुद्धिचाल र साम्बोमा समान २-२ खेलाडीले भाग लिएका थिए ।
ओलम्पिक पछि दोश्रो ठूलो बृहत मानिने यो खेल मेलामा विभिन्न १ सय ४६ राष्ट्रका करिब १३ हजार खेलाडी सहभागी छन् । विभिन्न २१ खेलमा २ सय ७२ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

२५ करोड लागतमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला

No comments

Apr 21, 2015


काठमाडौं, फाल्गुन १७ । काठमाडौंको बुढानीलकण्ठमा क्रिकेट रंगशाला निर्माणका आज शिलान्यास गरिएको छ ।
बुढानीलकण्ठ नगरपाललिकाको गाम्चामा निर्माण गरिने क्रिकेट रङ्गशालाको प्रधानमन्त्री सुशील कोइरालाले  शिलान्यास गरेका हुन् ।
नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्ण शम्शेरराणाको नाममा रहने उक्त रङ्गशाला ९५ रोपनी क्षेत्रफलमा निर्माण हुने छ भने आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुवर्ण शम्शेर अध्ययन प्रतिष्ठानले जनाएको छ ।
सरकारले उपलब्ध गराएको जग्गामा निर्माण गरिने रङ्गशालाको लागत २५ करोड रुपैयाँ अनुमान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले गरिबी र अभावग्रस्त देशको रुपमा बदनाम हुंदै गएको नेपाललाई क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै राष्ट्रिय क्रिकेट टिमलाई धन्यावाद दिए ।
छिट्टै नयाँ संधिवान जारी गरी मुलुकमा विकास र अमनचैन कायम हुने र विदेशिएका नेपालीहरु पनि स्वदेश फर्कने दाबी समेत गरे ।
कार्यक्रममा बन तथा भू संरक्षण मन्त्री महेश आचार्य, कानुनमन्त्री नरहरि आचार्य, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतले गाम्चामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि जस्तोसुकै सहयोग गर्न परेपनि आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय  क्रिकेट टिमका कप्तान पारस खड्काले क्रिकेट खेललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकिए यसले देशको समग्र बिकासका साथै अन्य देशहरुसँगको कुटनीतिक सम्बन्ध विस्तार गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले कोइरालाले सम्मानित समेत गरेका थिए ।

बेलबारीमा खेलकुद महोत्सव

No comments


खेलकुदको क्षेत्रबाट राष्ट्रिय पहिचान बनाईसकेको मोरङको बेलबारीमा खेलकुद महोत्सव हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुख्य नाराका आगामी फागुन १७ गतेदेखि महोत्सव हुन लागेको हो ।
महोत्सवबाट आम्दानी रकमले प्रस्तावित बेलबारी रंगशालाको प्यारा फिट निर्माणको शुरुवात गर्ने क्लवका अध्यक्ष रसिन लामाले बताए ।
बेलबारी फुटबल क्लवद्वारा आयोजित महोत्सवले खेलकुद क्षेत्रको विकास गरी खेलाडीहरुको मनोवल उच्च राख्न सरकारको ध्यानाकर्षण गराउने मङ्गलबारको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बेलबारीमा पहिलोपटक आयोजना गर्न लागिएको खेलकुद महोत्सवमा विभिन्न खेलहरुको प्रतियोगिता गरी खेलाडीहरुलाई प्रोत्साहित गर्ने र खेलकुद क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मान गरिने छ ।
महोत्सवमा खेलकुद सामाग्री, दैनिक उपभोग्य वस्तु, हस्तकला,जडीबुटी, कृषि उत्पादनका सामाग्रीहरु, जातिय पहिचानका सामाग्रीहरुको स्टलहरु राखिने महोत्सवका संयोजक उपेन्द्र सुवेदीले बताए ।

nepali tenis game

No comments
 

२६ टिमलाई दुई समुहमा बिभाजन गरि खेल सञ्चालन गरिने छ । खेललाई क्रिकेट खेल क्षेत्रमा लामो समयदेखी एम्पायर गदै आएका प्रदिपराज पाण्डेले सञ्चालन गर्ने छन । खेलमा पहिलो हुने टिमलाई सिल्ड सहित ११ हजार १ सय ११ नगद र दोस्रोलाई सिल्ड सहित ७ हजार ७ सय ७७ नगद सहित परस्कृत गरिने छ । यस्तै खेलमा बेष्ट बलर र ब्याटीङ्गलाई पनि नगद सहित पुरस्कृत गरिने आयोजकले बताएको छ ।

खेलको सम्पुर्ण तयारी पुरा भइसकेको र खेल सञ्चालन गर्ने करिब ३ लाखको खर्च पर्ने आयोजकले जानकारी दिएको छ । पहिलो खेल माघ १ गते इनरुवा क्रिकेट क्लब इनरुवा र चतरा लाइन क्रिकेट धरान बिच हुने बताइएको छ ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat