सेरेना अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

माघ ७ । विश्व नम्बर एक सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् । बुधबार बिहान भएको खेलमा अमेरिकी सेरेनाले ताइवानकी सिह सु वेईलाई हराएर दोस्रो चरणमा प्रवेश गरेकी हुन् ।
सेरेनाले वेईलाई ६–१ र ६–२ को सोझो सेटमा हराएकी हुन् । यस्तै पुरुष एकलतर्फ विश्व नम्बर दुई रोजरफेडेरर पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
फेडेररले अलेक्जेन्डर डोल्गोपोलोभलाई ६–३, ७–५ र ६–१ को सेटमा हराएर दोस्रो चरणमा प्रवेश गरेका हुन् । फेडेररले पछिल्लो पटक सन् २०१० मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.