अस्ट्रेलियन ओपनको उपाधि जोकोभिचलाई

माघ १८ । सर्बियाका नोभाक जोकोभिचले यो वर्षको पहिलो ग्राण्ड स्लाम उपाधि हात पारेका छन् । अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ टेनिस  उपाधिका लागि भएको भिडन्तमा उनले बेलायतका एन्डी मर्रेलाई पराजित गर्दै वर्षको पहिलो ग्राण्ड स्लाम कब्जा गरेका हुन् ।
जोकोभिचले मर्रेलाई लगातार तीन सेटमा ६–१, ७–५ र ७–६ले पराजित गरे । पहिलो सेट जित्न उनलाई केवल ३० मिनेट लागेको थियो तर दोस्रो सेटमा भने उनले निकै संघर्ष गर्नु पर्‍यो । तेस्रो सेटमा पनि मर्रेले उनलाई कडा टक्कर दिए । अन्ततः टाइब्रेकरमा जोकोभिच हावी भए ।
जोकोभिचको यो छैठौं अस्ट्रेलियन ओपन उपाधि हो । उनले हालसम्म ११ ग्राण्ड स्लाम उपाधि हासिल गरेका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.