तीर्थ र लक्ष्मीलाई स्वर्ण

माघ १७।  भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् । तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ पहिलो भए ।
पुरुषमा नेपाली सेनाका राजन खत्री दोश्रो र कल्याण बानियाँ तेश्रो भए । महिलामा सानुमाया कार्की दोश्रो र रेसु बस्नेत तेश्रो भए । पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार तथा तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाए ।
सडक दौडको कर्मचारीतर्फ पुरुषमा नेपाल टेलिकमका दलबहादुर दमाईं पहिलो, नेपाल विद्युत प्राधिकरणका अनुप केसी दोश्रो तथा नागरिक उड्डयनका निरोज सुवाल तेश्रो भए । सोही स्पर्धाको महिलामा नागरिक उड्डयनकी सुजिता माझी पहिलो तथा टेलिकमका कल्पना रायमाझी र पशुपति गिरी क्रमशः दोश्रो र तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले पुरस्कार प्राप्त गरे । खुला र कर्मचारीमा गरी दौडमा जम्मा २ सय २३ प्रतिस्पर्धी सहभागी थिए ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगिताको बुद्धिचालमा विद्युतका पूर्व नेपाल च्याम्पियन विकासमान लामा प्रथम तथा टेलिकमका पूर्णसुन्दर श्रेष्ठ दोश्रो र गोविन्द खड्का तेश्रो भए । पहिलोले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जिते । बुद्धिचालमा १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्य, महासचिव रामविनय श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.