Responsive Ad Slot

Showing posts with label marathon. Show all posts
Showing posts with label marathon. Show all posts

अन्तर्राष्ट्रिय म्याराथन हुने लाङटाङमा

No comments

Apr 21, 2017

वैशाख ८ । नेपालको महत्वपूर्ण पदयात्रा गन्तव्यकोरुपमा रहेको लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यही वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो ।
टानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘लाङटाङ क्षेत्र पदयात्राका लागि सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न म्याराथन गर्न लागेको जनाएको हो ।
भूकम्पबाट क्षतविक्षत भएको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प भएको अवस्थामा प्रतियोगिताले अन्तर्राष्ट्रियजगतमा सकरात्मक सन्देश जाने विश्वास गरिएको छ ।
टानका सदस्य सूर्य घिमिरेले प्रतियोगिता खुला महिला र पुरुष गरी दुई समूहमा हुने जानकारी दिए ।
प्रतियोगितामा भाग लिन विभिन्न देशका धावकहरु नेपाल आइसकेका छन् भने प्रतियोगितामा एक सय ५० जनाभन्दा बढी सहभागी हुने जनाइएको छ ।

कान्तिपुर–हिरो हाफ म्याराथनमा हरि रिमाल र कान्छीमाया कोजु प्रथम

No comments

Feb 18, 2017

फागुन ७ । सातौं कान्तिपुर–हिरो हाफ म्याराथनमा नेपाली सेनाका हरि रिमाल प्रथम भएका छन् भने तीर्थकुमार पुन दोस्रा भएका छन् ।

महिलातर्फ भने सशस्त्र प्रहरीकी कान्छीमाया कोजु प्रथम र विश्वरुपा बुढामगर दोस्रा भएकी छिन् ।
कान्तिपुरको स्थापना दिवसका अवसरमा आयोजना गरेको म्याराथनको प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए ।
२१ किलोमिटर दौडमा समाजका विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो ।
महिला र पुरुष दुवै विजेताले ५० हजार रुपैयाँसहित स्कुटर पाएका छन् भने उपविजेताले ३०-३० हजार र तेस्रो हुनेले २०-२० हजार रुपैयाँसहित मोबाइल पनि पाएका छन् ।
चौथोले १०-१० हजार, पाँचौंले ५-५ हजार र छैटौं स्थानमा रहनेले ३-३ हजार पाउने व्यवस्था मिलाइएको छ ।
हाफ म्याराथनमा ९ सय ४७ धावक सहभागी भए भने महिलातर्फ १ सय १९ धाविका दौडिए । कान्तिपुर पब्लिकेसन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कबाट दौड सुरु भएको हो ।
तीन किमिको ह्विलचेयर दौडमा भने ३९ सहभागी भए । ५ किमि कर्पोरेट–मिडियामा करीब ५ सय सहभागि भए ।

भूमिराज राईले जिते प्रधानसेनापति खुला म्याराथनः ४२ किलोमिटरतर्फ

No comments

Feb 12, 2017

फागुन १  । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताअन्तर्गत् ४२ किलोमिटरको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको प्रतियोगितामा राईले निर्धारित् ४२ किलोमिटरको दुरी २ घन्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
त्यसैगरी, नेपाली सेनाका कृष्ण बस्नेतले २ घन्टा २४ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए भने सेनाकै राजन खत्रीले २ घन्टा २५ मिनेट ५० सेकेन्ड समय लगाएर तेस्रो भए ।
२१ किलोमिटर पुरुषतर्फ कल्याण बानियाँ पहिलो, रामजी बस्नेत दोस्रो र राजकुमार विष्ट तेस्रो भए । उनीहरु सबै सेनाकै खेलाडी हुन् ।
२१ किलोमिटर महिलातर्फ सेनाकी विश्वरुपा बुढा र सानुमाया कार्की क्रमशः पहिलो र दोस्रो भए भने सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भइन् ।
१० किलोमिटर पुरुषतर्फ रोहन श्रेष्ठ पहिलो, सुवास लामा दोस्रो र सुमन पाण्डे तेस्रो भए भने महिलातर्फ १० किलोमिटरमा श्रृष्टि कुँवर, रेखा अधिकारी र लक्ष्मी लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
५ किलोमिटर छात्रतर्फ सुरेश थापामगर पहिलो, सागर श्रेष्ठ दोस्रो र कृष्ण आलेमगर तेस्रो भए ।
छात्रातर्फ संगीता खड्का, काजल विष्ट र सुनीता दर्लामीमगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
विदेशी नागरिकतर्फ २१ किलोमिटरमा अमेरिकाका मार्क कोनइन प्रथम भए भने १० किलोमिटरमा जापानका माइक रिडले उपाधि जितेका छन् ।

सफल पोखरा म्याराथनको ११औं संस्करण फागुनमा

No comments

Jan 6, 2017

पुस २२  । अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथनको ११औं संस्करण आगामी फागुन ७ गते आयोजना हुने भएको छ ।

 नेपालको खेलकुद क्षेत्रमा क्रियाशील नेपाल भुतपूर्व खेलाडी मञ्चले प्रजातन्त्र दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको उल्लेख्य सहभागिता रहने मञ्चका अध्यक्ष खड्ग रानाभाटले बताए ।
प्रतियोगितामा ४२ दशमलव १९५ किलोमिटरको म्याराथनसहित छात्रा÷छात्रलाई ५ किलोमिटर र शारीरिक अशक्तता भएकाहरुका लागि ह्विल चेयर महिला/पुरुष ४ सय मिटरका इभेन्ट सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

म्याराथन धाविका मीरा राई २८ लाख

No comments

पुस २१ । अल्ट्राम्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा २८ लाख रुपैयाँसहित सम्मान गरिएको छ ।

बेलायतमा कार्यरत् सगरमाथा तेक्वान्दो डोजाङसहितका विभिन्न संस्थाले विहीबार उनलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, सांसद महेन्द्राकुमारी सुब्बा र झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले राईलाई संयुक्तरुपमा २८ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
पूर्वब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रियस्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न सो रकम प्रदान गरिएको बताए ।
मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक ध्रुवविक्रम मल्ललाईसमेत दुई लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

आर्मी क्लबको वर्चश्व कायमै

No comments

Dec 27, 2016

पुस ११ । सातौं राष्ट्रिय खेलकुदको एथ्लेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबको वर्चश्व कायमै छ ।


आर्मीका खेलाडीले सोमबारैमात्रै एथ्लेटिक्समा थप चारओटा स्वर्णपदक जितेका छन् ।
सुनसरीको इटहरी रंगशालामा सोमबार बिहान भएको एथ्लेटिक्सतर्फ महिला ४०० मिटर हर्डल्स रेसमा आर्मीले स्वर्णपदक जितेको छ ।
खेलमा आर्मी क्लबकी दुर्गा देवकोटाले स्वर्णपदक जितेकी हुन् । यो स्पर्धामा सशस्त्र प्रहरीकी सविता चौधरी दोस्रो भइन् भने पूर्वाञ्चलकी सविता श्रेष्ठले कास्यपदक हात पारिन् ।
यसैगरी, २०० मिटर महिला दौडमा आमी क्लबकी कृष्णा चौधरीले स्वर्णपदक जितिन् । यो स्पर्धामा आर्मीकै संगीता मेचे दोस्रो तथा मध्यपश्चिमाञ्चलकी प्रमिला थारु तेस्रो भए ।
२०० मिटर दौड पुरुषतर्फ मध्यपश्चिमाञ्चलका यामसाजन सुनारले स्वर्णपदक जित्दा सशस्त्र प्रहरीका आशिष चौधरीले रजत तथा आर्मीका आनन्ददेव थारुले कास्यपदक हात पारे ।
यसैगरी, ८०० मिटर महिला दौडतर्फ आर्मीकी सरस्वती भट्टराईले स्वर्णपदक जितिन् । सातौं राष्ट्रिय खेलकुदलमा सरस्वतीको यो तेस्रो स्वर्णपदक हो ।
यसअघि, उनले महिला १५०० मिटर तथा चार गुणा ४०० मिटर रिले दौडमा पनि स्वर्णपदक हात पारेकी थिइन् ।
यसैगरी, पुरुष ८०० मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्णपदक जिते ।
आर्मीकै जीवन चौधरीले रजत जित्दा सशस्त्र प्रहरीका हिक्मत धामीले कास्यपदक हात पारे ।
एथ्लेटिक्सकै ट्रिपल जम्पतर्फ पुरुषमा नेपाल पुलिस क्लब तथा महिलामा आर्मी क्लबले स्वर्ण जितेको छ ।
महिलातर्फ पुलिसकी केसरी चौधरीले स्वर्णपदक जित्दा सशस्त्र प्रहरीकी शिला चौधरीले रजत तथा आर्मीकी संगीता मेचेले कास्यपदक जिते ।
यसैगरी, पुरुषतर्फ आर्मीका दिल्ली खत्रीले स्वर्णपदक जित्दा पुलिसका चन्द्रदेव जोशीले रजत तथा सुदूरपश्चिमाञ्चलका प्रविणबहादुर पालले कास्यपदक हात पारेका छन् ।

पहिलो स्वर्णपदक हरिप्रसादलाई

No comments

Dec 25, 2016

पुस ९ । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णपदक हरिप्रसाद रिमालले जितेका छन् ।


एथलेटिक्सतर्फको खेलमा नेपाली सेनाका हरिले १५ सय मिटर दौडमा स्वर्णपदक जितेका हुन् ।
शनिबार सुनसरीको इटहरी रंगशालामा भएको खेलमा निर्धारित् दुरी ४ मिनेट ४ सेकेन्डमा पूरा गर्दै हरिले स्वर्णपदक जितेका हुन् ।
रजतपदक पनि सेनाकै छत्रबहादुर दाहालले जिते । नेपाल पुलिसका करण खड्काले कास्यपदक जिते ।
यसैगरी, महिलातर्फ पनि सेनाकै सरस्वती भट्टराईले स्वर्णपदक जितिन् । सरस्वतीले निर्धारित् दूरी ४ मिनेट ४३ सेकेन्डमा पूरा गरिन् ।
सशस्त्रकी पुमली रानाले रजत तथा सेनाकी लक्ष्मी पाण्डेले कास्यपदक जितिन् ।
- See more at: http://imagekhabar.com/news/latest/sports/13369#sthash.PGopqyLj.dpuf

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा सुरु

No comments

Dec 24, 2016

पुस ८ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखि औपचारिकरुपमा सुरु भएको छ । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको औपचारिक उद्घाटन गरिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपनि त्यसको डेढ वर्षमै प्रतियोगिता आयोजना गर्न सकेकोमा आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई धन्यवाद दिइन् ।
खेलकुदको विकासको लागि सरकारले उचित ध्यान दिनुपर्ने भन्दै राष्ट्रपति भण्डारीले विद्यालयस्तरदेखि नै महत्व दिनसके खेलकुदको विकास हुने धारणा राखिन् ।
यसैगरी, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले राष्ट्रिय कीर्तिमान कायम गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको बताए ।
सातौं राष्ट्रिय खेलकुद आगामी ‘साग’ गेमको आधारकारुपमा रहने भन्दै उनले भौतिक संरचनाको विकासमा सरकार लागिपरेको बताए ।
उद्घाटन समारोहमा मन्त्री श्रीपाइलीले राष्ट्रिय खेलकुद परिषदको झन्डोत्तलन पनि गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले अन्योल हुँदाहुँदै पनि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भएको बताए ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता तीन वर्षअघि नै हुनुपर्ने भएपनि विविध कारणले पाँच वर्षपछि आयोजना गरिएको हो ।
हरेक २ वर्षमा हुने गरी ०३८ साल भदौमा काठमाडौंमा सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिता ३५ वर्षपछि पहिलोपटक पूर्वाञ्चलमा आयोजना गरिएको हो ।
प्रतियोगिताअन्तर्गतका खेलहरु भने केही दिनअघिबाट नै भइरहेका छन् । उद्घाटन समारोहमा विभिन्न जातजातिका परम्परा झल्किने झाँकी प्रदर्शन गरिएको थियो ।
प्रतियोगिता यही पुस १५ गते समापन हुनेछ । करिब २८ करोडको लागतमा सम्पन्न हुने प्रतियोगिताको समापन एन्फा टेक्निकल सेन्टर धरानमा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।
पुस १५ गतेसम्म सन्चालन हुने प्रतियोगिताका खेलहरु पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सिराहा र सप्तरीमा सन्चालन गरिँदै छ ।
प्रतियोगितामा जम्मा ३० खेल समावेश गरिएको छ । प्रतियोगितामा २ सय ९४ स्वर्ण, २ सय ९४ रजत तथा ४ सय ४७ कास्य पदकका लागि झन्डै ३५ सय खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता खेलाडीलाई पहिलोपटक नगद पुरस्कारसमेत व्यवस्था गरिएको छ ।
व्यक्तिगत स्पर्धाका विजेताले जनही १५ हजार रुपैयाँ पाउनेछन् भने टिम स्पर्धाका विजेताले ७ हजार पाउनेछन् ।

सरस्वतीले बनाइन राष्ट्रिय कीर्तिमान

No comments

Aug 14, 2016

साउन २९ । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा नेपालकी सरस्वती भट्टराई १५ सय मिटर मध्य दूरीको दौडमा हिट्सबाट बाहिरिएकी छिन् ।
हिट्स नम्बर १ मा १४ जना दौडिएको दौडमा उनी १३ औं स्थानमा रहेकी हुन् । सरस्वतीले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भने भंग गरेकी छिन् ।
एथ्लेटिक्सकै हरिप्रसाद रिमालले भने पाँच हजार मिटर दौडमा भदौ १ गते बुधबार प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि शुक्रबार ओलम्पिकमा भाग लिन नेपाली तेक्वान्दो टोली ब्राजिल गयो । ओलम्पिकमा तेक्वान्दोतर्फ निशा रावलले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् ।
भदौ ४ गते प्रतिस्पर्धा गर्ने निशाले आफूले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाएकी छिन् । उनलाई १२ वर्षअघि छनोट चरण पार गरेर एथेन्स ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगीना वैद्यले दिएको प्रशिक्षणलेसमेत हौसला बढाएको छ ।
संगीनाले पनि आफूले पूरा गर्न नसकेको खेललाई निशामार्फत पूरा गराउन भरपूर प्रयास गर्ने बताइन् ।
जारी ओलम्पिकमा नेपालका शिरिष गुरुङले पौडीतर्फ राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अरु कुनै पनि खेलाडीले उत्साहजनक प्रदर्शन गरेका छैनन् ।
नेपालबाट पौडीवाज शिरिष र गौरिका सिंह, आर्चरीका जीतबहादुर मोक्तान र जुडोकी फपुल्हामु खत्रीले प्रतिस्पर्धा गरिसकेका छन् ।

फुपुले रियो ओलम्पिक खेल्ने

No comments

Jun 24, 2016

असार १०।  जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक- २०१६ मा सहभागिता पक्का गरेकी छन् ।
अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।
१२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा छिन् ।

राष्ट्रपति रनिङ सिल्डमा विपना सर्वोत्कृट

No comments

Jun 5, 2016

२१ जेठ, काठमाडौं । चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर जम्प गर्दै विपना विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
विपनाले ४ गुणा १०० तथा ४ गुणा ४०० मिटर रिलेमा पनि टोलीसँग मिलेर स्वर्ण हात पारिन् ।  सर्वोत्कृष्ट घोषित भएसंगै खेलकुद मन्त्रालयका सह-सचिव चूढामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गरे । एक लाख राशीको पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने छ ।
मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १४.५ सेकेन्ड तथा सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी मन्जु रावतले ५ मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै विद्यालयस्तरकै कीर्तिमान बनाएका थिए ।
समग्रमा मध्यमाञ्चल टिम च्याम्पियन बन्यो । मध्यमाञ्चलले ३ सय १९ अंक बटुल्यो । दोश्रो भएको पश्चिमाञ्चलले २ सय १९ अंक बटुल्यो । १ सय १८ अंकसाथ मध्यपश्चिाञ्चल तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जिते ।

राष्ट्रपति रनिङ सिल्डको पहिलो दिन चार कीर्तिमान

No comments

Jun 2, 2016

जेस्ठ २०।  आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन एथलेटिक्सतर्फ चार नयाँ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको १ हजार ५ सय मिटर दौडको छात्रमा मध्यमाञ्चलका अजितकुमार यादव र छात्रामा मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा छात्र सटपुटमा मध्यपश्चिमाञ्चलका तिलक विक र छात्रा त्रिपलजम्पमा पश्चिमाञ्चलकी विपना परियारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
निर्धारित दूरी ४ मिनेट१४.५ सेकेन्डमा पूरा गर्दै अजितले २०६० सालमा मध्यमाञ्चलका राधेश्याम कावाले बनाएको ४ मिनेट १७.३० सेकेन्डको कीर्तिमान भंग गरे । पश्चिमाञ्चलका रोहित अधिकारी दोश्रो र पूर्वाञ्चलका प्रकाश दनुवार तेश्रो भए ।
मञ्जुले दूरी पूरा गर्न ५ मिनेट १०.४ सेकेन्ड समय लगाइन् । मञ्जुले २०७१ सालमा मध्यमाञ्चलकी संगीता खड्काले स्थापित गरेको ५ मिनेट १२ सेकेन्डको कीर्तिमानलाई विस्थापित गरेकी हुन् । पूर्वाञ्चलकी दीपा बस्नेत दोश्रो र मध्यपश्चिमाञ्चलकी निर्मला केसी तेश्रो बने ।
सटपुटमा कीर्तिमान बनाएका तिलकले १४.५४ मिटर टाढा फाले । मध्यमाञ्चलकै प्रशान्त महतोको नाममा १४.१२ मिटरको कीर्तिमान थियो । प्रशान्तले उक्त कीर्तिमान २०५६ सालमा कायम गरेका थिए ।पश्चिमाञ्चलका बसन्त गुरुङ दोश्रो र मध्यमाञ्चलका वीरेन्द्र चौधरी तेश्रो स्थानमा रहे ।
विपनाले १०.५२ मिटर जम्प गर्दै मध्यपश्चिमाञ्चलकी केशरी चौधरीले २०६३ सालमा बनाएको १०.२२ मिटरको कीर्तिमान तोडिन् । केशरी यो स्पर्धाकी राष्ट्रिय कीर्तिमानधारी हुन् । १२.२० मिटरको राष्ट्रिय कीर्तिमान केशरीको नाममा यथावत् छ । मध्यमाञ्चलकी जस्ता महतो दोश्रो र पूर्वाञ्चलकी रिना रावल तेश्रो भए ।
छात्रा सटपुटमा पश्चिमाञ्चलकी बसन्ती बुढा पहिलो भइन् । बसन्तीले १०.०३ मिटर टाढा फ्याकिन् । मध्यपश्चिमाञ्चलकी सीता बुढा दोश्रो भइन् भने पूर्वाञ्चलकी विनिता राई तेश्रो बनिन् ।
छात्र त्रिपलजम्पमा पहिलो भएका मध्यमाञ्चलका भुवन महतोले १३.५९ मिटर फ्याके । मध्यपश्चिमाञ्चलका सियाराम थारु दोश्रो र महेन्द्र विक तेश्रो भए ।

उपेन्द्रले जिते हङकङमा अल्ट्रा म्याराथनको उपाधि

No comments

Feb 21, 2016


फागुन ८ । नेपाली धावक उपेन्द्र सुनुवारले हङकङको सइकुङमा भएको ‘एमएसआई जी-फफ्टी अल्ट्रा म्याराथन’ को उपाधि जितेका छन् । उनले ५४ किलोमिटरको दुरी ५ घण्टा ४१ मिनेट २३ सेकेण्डमा पुरा गरे ।
प्रतियोगितामा दोस्रो भएका फ्रान्सका पेरी आन्द्रे फेरि नेपालका सुनुवार भन्दा १० सकेण्ड मात्र पछि परे । उनले ५ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दौडको दुरी पार गरे ।
रोचक के छ भने, अल्ट्रा म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेहरु बीच ७० सेकेण्डको मात्रै फरक रह्यो । तेस्रो भएकी न्युजिल्याण्डकी म्याक नौघटनले ५ घण्टा ४२ मिलेट ३० सेकेण्डमा लक्ष्य भेट्टाइन् ।
दौडको दुरी पार हुने अन्तिम समयमा सँगसँगै रहँदा भएको तीव्र प्रतिस्पर्धाले उनीहरुको अनुहारमा पीडा महसुस भएको देखिएको अल्ट्रा म्याराथनका संयोजक माइकल म्याडेले बताए ।
उपाधि हात पार्न १० सकेण्डले चुकेका फ्रेन्च धावक आन्द्रे फेरिले भने-‘दौडको आधाआधीदेखि नै हामीसँगै थियौं । पेन्सुलामा आइपुग्दासम्म म अगाडी हुने स्थिति थियो । तर, अन्तिम समयमा मात्रै उनी अगाडी भए । यो निकै रोचक भयो ।’
‘ट्रायल रनिङ गाइड’का रुपमा काम गर्ने सुनुवार काठमाडौंबाट सय किलोमिटर बाहिर बस्ने गरेको एससीएमपी डटकमले जनाएको छ ।

तीर्थ र लक्ष्मीलाई स्वर्ण

No comments

Jan 31, 2016

माघ १७।  भारतीय सेनामा कार्यरत वाग्लुङका तीर्थ पुन र नेपाली सेनाकी लक्ष्मी पाण्डेले‘नेपाल टेलिकम कप’ नवौं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत सडक दौडको खुलमा शनिबार स्वर्ण जितेका छन् । तीर्थ पुरुष र लक्ष्मी महिलातर्फ पहिलो भए ।
पुरुषमा नेपाली सेनाका राजन खत्री दोश्रो र कल्याण बानियाँ तेश्रो भए । महिलामा सानुमाया कार्की दोश्रो र रेसु बस्नेत तेश्रो भए । पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार तथा तेश्रोले १० हजारका दरले नगद पुरस्कार पाए ।
सडक दौडको कर्मचारीतर्फ पुरुषमा नेपाल टेलिकमका दलबहादुर दमाईं पहिलो, नेपाल विद्युत प्राधिकरणका अनुप केसी दोश्रो तथा नागरिक उड्डयनका निरोज सुवाल तेश्रो भए । सोही स्पर्धाको महिलामा नागरिक उड्डयनकी सुजिता माझी पहिलो तथा टेलिकमका कल्पना रायमाझी र पशुपति गिरी क्रमशः दोश्रो र तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजारका दरले पुरस्कार प्राप्त गरे । खुला र कर्मचारीमा गरी दौडमा जम्मा २ सय २३ प्रतिस्पर्धी सहभागी थिए ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपालद्वारा आयोजित प्रतियोगिताको बुद्धिचालमा विद्युतका पूर्व नेपाल च्याम्पियन विकासमान लामा प्रथम तथा टेलिकमका पूर्णसुन्दर श्रेष्ठ दोश्रो र गोविन्द खड्का तेश्रो भए । पहिलोले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार जिते । बुद्धिचालमा १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई आयोजक संघका अध्यक्ष कुलबहादुर आचार्य, महासचिव रामविनय श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

बैकुण्ठ मानन्धरलाई ‘पृथ्वी खेलाडी पुरस्कार’

No comments

Jan 11, 2016

पुष २७। यस वर्षको पृथ्वी खेलाडी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर सम्मानित भएका छन् ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा प्रदान गरिने पृथ्बी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका ३ पटकका स्वर्ण पदक विजेता मानन्धरलाई सम्मानित गरिएको हो ।
justify;">उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले मानन्धरलाई २ लाख रुपैयाँ नगदसहित सम्मानित गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध राष्ट्रिय खेलकुद संघले हरेक वर्ष यो पुरस्कारबाट एकजना खेलाडीलाई सम्मानित गर्दै आएको छ ।
गत वर्ष पृथ्वी पुरस्कार राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राजु शाक्यलाई प्रदान गरिएको थियो ।
पुरस्कृत ब्यक्तित्व मानन्धरले सम्मानले योगदानको कदर गर्नुका साथै भावी पुस्तालाईसमेत खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने धारणा ब्यक्त गरे ।
पुरस्कार प्रदान गर्दै मन्त्री थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन र सार्वजनिक बिदा दिन पहल भईरहेको बताए ।

विष्णुमाया हङकङ दौड प्रतियोगितामा प्रथम

No comments

Dec 7, 2015

मंगसिर २१।  जुम्लाको विकट गाविस मालिकाठााटा-९ खोप्रीगाउामा जन्मेकी विष्णुमाया बुढाले हङकङमा भएको एम्सिग लाङ्टाउ पााच किमी भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ दौड प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छन् ।
उनले यो दौड ५१ मिनेट ५० सेकेन्डमा पार गरेर प्रथम स्थान हात पारेकी हुन् । प्रथम स्थान प्राप्त गरेकी उनले ६ हजार हङकङ डलर प्राप्त गरेको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए । दौडमा फ्रान्स, केन्या र हङकङकी महिलाले क्रमशः द्वितीय, तृतीय र चौथो स्थानमा रहेका थिए ।
त्यसैगरी आइतबार भएको ५० किमी एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा भने बुढाले चौथो स्थान हात पारेकी छन् । यसमा भने उनले एक हजार हङकङ डलरमा चित्त बुझाउनु परेको छ । बुढाले पहिलोपटक विदेश यात्रा र खेलमा सहभागी भएको पहिलो मौकामा नै प्रथम स्थान हात पारेकी हुन् । दुई साताअघि पनि उनले मनास्लुको म्याराथुनमा २२० किमीमा प्रथम सुरक्षित गरेकी थिइन् ।
मनास्लु म्याराथुनमा पुरुषतर्फ जुम्लाकै दीपेन्द्रबहादुर बमले प्रथम स्थान हासिल गरेको अध्यक्ष शाहीको भनाइ छ । विष्णुमायालाई हङकङको एम्सिग लाङ्टाउ दौड प्रतियोगितामा सहभागी गराउन नेपाल टे्रल रनिङले स्पोन्सर गरेको क्लबका सल्लाहकार नारायण आचार्यले बताए । बुढालाई कर्णालीका हिमचितुवाका नामले चिनिने म्याराथुन धावक हरिबहादुर रोकायाले प्रशिक्षण दिादै आएका थिए । रासस

ब्याडमिन्टन टोली ढाका प्रस्थान

No comments

Nov 29, 2015

मंगसिर १३।  बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज– २०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
डिसेम्बर १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष÷महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जनाएका छन् । महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा विभिन्न २४ राष्ट्रको सहभागिता रहनेछ ।
पुरुषमा रत्नजित तामाङ, विकास श्रेष्ठ, दीपेश धामी, साजनकृष्ण ताम्राकार र विष्णु कटुवाल रहेका छन् । महिलामा सरादेवी तामाङ, नंशलदेवी तामाङ, शिक्षा श्रेष्ठ र अमिता गिरी छन् ।
टोली नेतामा ब्याडमिन्टन संघका सचिव एवं राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य वीरेन्द्र श्रेष्ठ, प्रशिक्षकमा जयन्त श्रेष्ठ तथा व्यवस्थापकमा लवभक्त श्रेष्ठ रहेका छन् ।गत वर्ष भएको प्रतियोगिताको विभिन्न ३ स्पर्धामा क्वार्टरफाइनल पुग्नु नेपाली खेलाडीले यो प्रतियोगितामा हासिल गरेको अहिलेसम्मकै ठूलो उपलब्धि हो । पुरुष सिंगल्समा रत्नजित, पुरुष डबल्समा रत्न र विकासको जोडी तथा मिक्स डबल्समा रत्न र सराको जोडी क्वार्टरफाइनलमा पुगेको थियो । टोलीलाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र ब्याडमिन्टन संघका अध्यक्ष रमेशकुमार श्रेष्ठले एक कार्यक्रमबिच बिदाइ गरे ।

मनास्लु ट्रेल दौडः नेपाल

No comments

Nov 24, 2015

मंसिर ८  । मध्य पहाडीदेखि उच्च हिमाली भूभाग हुँदै सम्पन्न हुने मनास्लु ट्रेल दौड यस बर्ष पनि सम्पन्न भएको छ । गोरखाको आरुघाटबाट सुरु भई मनाङको धारापानी पुगेर सकिएको दौडमा स्वदेशी र विदेशी पर्यटकको सहभागिता रहने गरेको छ । 

पिस म्याराथनको उपाधि नेपाली सेनाका होमलाललाई

No comments

Nov 22, 2015

मंगसिर ५।  ‘शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिविद्धता' भन्ने नाराका साथ  नेपालगन्जमा आयोजना गरिएको ‘नेपालगन्ज पिस म्याराथन–२०१५को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्।

 होमलालले ४२ किलोमिटरको दुरी २ घन्टा ३६ मिनेट ४२ सेकेन्डमा  पुरा गरेर खुल्लातर्फको उपाधि जितेका हुन्। त्यसै गरी सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका गणेश सिंह ठकुरीले २ घन्टा ३८ मिनेट ५३ सेकेन्डमा पुरा गरी दोस्रो र एपीएफकै दानबहादुर धामीले २ घन्टा ३९ मिनेट ०१ सेकेन्डमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
 नेपालगन्ज रंगशालादेखि सुरु भएको म्याराथन कोहलपुर चौराहदेखि ८ सय मिटर उत्तर पुगेर फेरि त्यही रुट भई फर्किएको थियो। गणेशले म्याराथनको दुरी  १३ जनाले पुरा गरेका छन्। क्रियटिभ ह्याण्ड्सले  मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वय तथा बिभिन्न सामाजिक संघ संस्थाको साझेदारीमा आयोजना भएको म्याराथनमा ६१ जनाको सहभागिता थियो। त्यसैगरी १० किलोमिटर महिला मिनी म्याराथनको उपाधि एपीएफकी कृष्णेश्वरी सिन्तकलाले जितिन्। उनको समय ४१ः१२ मिनेट रह्यो। यसमा जुम्लाकी सुनमाया बुढा द्धितीय र जुम्लाकै पुर्णलक्ष्मी न्यौपाने तृतीय भइन्। 
 
त्यस्तै ५ किलोमिटर विद्यालय स्तरीय छात्रतर्फ सागर बुढाथोकी(बाँके) प्रथम, आर्टिस चौधरी(बाँके) द्धितीय र युवराज ऐडी(कालिकोट) तृतीय तथा छात्रातर्फ मञ्जु रावत(जुम्ला) प्रथम, कमला जैशी(बाँके) द्धितीय र सरस्वती पाण्डे(कालिकोट) तृतीय भए। 
 
शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजना भएको नेपालगन्ज पिस म्याराथन तथा बहुभाषिक शान्ति सद्भाव उत्सवमा बिभिन्न विद्यालय तथा क्लबहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै श्यामानन्द सिंहको एकल शान्ति चित्रकला प्रदर्शनी पनि गरिएको थियो। रंगशाला परिसरमा हिंसा अन्त्य शान्ति अठोट अभियानमा हजार बढी सहभागिले हस्ताक्षर गरेका थिइ।  
 
शान्ति सम्झौता दिनको अवसर पारेर हरेक बर्ष मंसिर ५ गते आयोजना हुने गरी सुरु भएको म्याराथनलाई परिमार्जित र व्यवस्थित गर्दै लैजाने आयोजक संस्था क्रियटिभ ह्यान्सका संयोजक टि.एस ठकुरीले बताए।  म्याराथनको विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीय हुनेले दश हजार नगद पुरस्कार बितरण गरिएको थियो। 

मनास्लु ट्रेल रेस सम्पन्न

No comments

Nov 20, 2015

मंगसिर ४।  चौथो मनास्लु ट्रेल रेस आज सकिएको छ । मनास्लु क्षेत्रलाई प्रबर्द्धन गर्ने उद्देश्यले बेलायती नागरिक रिचर्ड बुलको सहयोगमा गत कार्तिक २४ गते गोरखाको सोतीखोलाबाट शुरु भएको रेस आज मनाङको धारापानी पुगेर सकिएको हो ।
रेसमा नेपाली धावक दिपेन्द्र बहादुर बम विजेता भए । ८ दिन लगातार चल्ने रेस गोरखाको आरुघाट,माछा खोला, जगत, ड्याङ, लोगाउँ, सामागाउँ, साम्दो, लार्केपास, मनाङको भीमताङ हुँंदै मनाङको धारापानी गएर टुंगिएको हो ।
कुल २११ किलोमिटरको दौडमा २१ जना विदेशी र ४ जना नेपाली धावकहरुले सहभागिता जनाएका थिए ।
Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat