अन्तर्राष्ट्रिय म्याराथन हुने लाङटाङमा

वैशाख ८ । नेपालको महत्वपूर्ण पदयात्रा गन्तव्यकोरुपमा रहेको लाङटाङमा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गरिने भएको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले यही वैशाख १२ गते म्याराथन प्रतियोगिता गर्न लागेको हो ।
टानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘लाङटाङ क्षेत्र पदयात्राका लागि सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न म्याराथन गर्न लागेको जनाएको हो ।
भूकम्पबाट क्षतविक्षत भएको लाङटाङ क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प भएको अवस्थामा प्रतियोगिताले अन्तर्राष्ट्रियजगतमा सकरात्मक सन्देश जाने विश्वास गरिएको छ ।
टानका सदस्य सूर्य घिमिरेले प्रतियोगिता खुला महिला र पुरुष गरी दुई समूहमा हुने जानकारी दिए ।
प्रतियोगितामा भाग लिन विभिन्न देशका धावकहरु नेपाल आइसकेका छन् भने प्रतियोगितामा एक सय ५० जनाभन्दा बढी सहभागी हुने जनाइएको छ ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.