म्याराथन धाविका मीरा राई २८ लाख

पुस २१ । अल्ट्राम्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा २८ लाख रुपैयाँसहित सम्मान गरिएको छ ।

बेलायतमा कार्यरत् सगरमाथा तेक्वान्दो डोजाङसहितका विभिन्न संस्थाले विहीबार उनलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, सांसद महेन्द्राकुमारी सुब्बा र झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले राईलाई संयुक्तरुपमा २८ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
पूर्वब्रिटिस आर्मीसमेत रहेका दमक–१९ निवासी राष्ट्रकुमार राईले मीराले अल्ट्राम्याराथनमा अन्तर्राष्ट्रियस्तरमा नै नेपालीलाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनको खेल क्षेत्रको योगदानलाई सम्मान गर्न सो रकम प्रदान गरिएको बताए ।
मीरालाई अल्ट्राम्याराथन खेलमा लाग्नका लागि प्रोत्साहन दिने कराते खेलका प्रशिक्षक ध्रुवविक्रम मल्ललाईसमेत दुई लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.