फिदिमलाई हराउँदै बिर्तामोड फाइनलमा

पुस २२  । बिर्तामोड युनाइटेड क्लब झापाले पाँचथरको फिदिममा जारी टुबोर्ग आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइलन यात्रा तय गरेको छ ।


विहीबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब फिदिमलाई ६—० को फराकिलो अन्तरले पराजित गर्दै झापा फाइनलमा पुगेको हो ।
झापालाई जिताउनेक्रममा विकेश लिम्बूले २ गोल, कर्ण लिम्बू, देवेन्द्र तामाङ, बुद्ध चेम्जोङ र योगेश गुरुङले एक–एक गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका योगेश खेलको ‘म्यान अफ द’ म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने अन्तिम सेमिफाइनल खेल डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र इलाभेन एरोज क्लब दुहबी सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
नेपाल, भारत र भुटानका गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.