Responsive Ad Slot

ताजा समाचार

latest

फिदिमलाई हराउँदै बिर्तामोड फाइनलमा

Jan 6, 2017

/ by Arena Tv

पुस २२  । बिर्तामोड युनाइटेड क्लब झापाले पाँचथरको फिदिममा जारी टुबोर्ग आठौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइलन यात्रा तय गरेको छ ।


विहीबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब फिदिमलाई ६—० को फराकिलो अन्तरले पराजित गर्दै झापा फाइनलमा पुगेको हो ।
झापालाई जिताउनेक्रममा विकेश लिम्बूले २ गोल, कर्ण लिम्बू, देवेन्द्र तामाङ, बुद्ध चेम्जोङ र योगेश गुरुङले एक–एक गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापाका योगेश खेलको ‘म्यान अफ द’ म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत् शुक्रबार हुने अन्तिम सेमिफाइनल खेल डिफेन्डिङ च्याम्पियन कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र इलाभेन एरोज क्लब दुहबी सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
नेपाल, भारत र भुटानका गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat