Responsive Ad Slot

ताजा समाचार

latest

चेल्सी टोटनह्याम हट्सपरसँग पराजित

Jan 6, 2017

/ by Arena Tv

पुस २१ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम लागेको छ ।


लिगअन्तर्गत गएराती भएको खेलमा टोटनह्याम हट्सपरसँग २–० ले पराजित भएपछि चेल्सीको १३ खेलसम्म जारी विजयी लय रोकिएको हो ।
गएराती भएको खेलमा टोटनह्यामहलाई विजयी गराउन डेले अलीले दुई गोल गरेका हुन् । यसअघि लगातार १३ खेल जित्दै एकै सिजनमा लगातार १३ जितको कीर्तिमान बनाएको चेल्सी १४ औं जितको समग्र कीर्तिमानभन्दा एक कदम टाढा रह्यो । प्रिमियर लिगमा दुई सिजनमा गरेर सर्वाधिक १४ खेल लगातार जित्ने कीर्तिमान आर्सनलको नाममा रहेको छ ।
चेल्सीले उक्त कीर्तिमान भने तोड्न सकेन ।
गएरातिको हारको बाबजुद चेल्सी अंक तालिकामा भने शीर्ष स्थानमा रहेको छ । लिगमा २० खेलबाट चेल्सीको ४९ अंक छ । समान खेलबाट ४४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने ४२ अंकको साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा उक्लिएको छ ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat