चेल्सी टोटनह्याम हट्सपरसँग पराजित


पुस २१ । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम लागेको छ ।


लिगअन्तर्गत गएराती भएको खेलमा टोटनह्याम हट्सपरसँग २–० ले पराजित भएपछि चेल्सीको १३ खेलसम्म जारी विजयी लय रोकिएको हो ।
गएराती भएको खेलमा टोटनह्यामहलाई विजयी गराउन डेले अलीले दुई गोल गरेका हुन् । यसअघि लगातार १३ खेल जित्दै एकै सिजनमा लगातार १३ जितको कीर्तिमान बनाएको चेल्सी १४ औं जितको समग्र कीर्तिमानभन्दा एक कदम टाढा रह्यो । प्रिमियर लिगमा दुई सिजनमा गरेर सर्वाधिक १४ खेल लगातार जित्ने कीर्तिमान आर्सनलको नाममा रहेको छ ।
चेल्सीले उक्त कीर्तिमान भने तोड्न सकेन ।
गएरातिको हारको बाबजुद चेल्सी अंक तालिकामा भने शीर्ष स्थानमा रहेको छ । लिगमा २० खेलबाट चेल्सीको ४९ अंक छ । समान खेलबाट ४४ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ भने ४२ अंकको साथ टोटनह्याम हट्सपर तेस्रो स्थानमा उक्लिएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.