भूमिराज राईले जिते प्रधानसेनापति खुला म्याराथनः ४२ किलोमिटरतर्फ

फागुन १  । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताअन्तर्गत् ४२ किलोमिटरको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन् ।

शनिबार काठमाडौंमा भएको प्रतियोगितामा राईले निर्धारित् ४२ किलोमिटरको दुरी २ घन्टा २४ मिनेट १३ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
त्यसैगरी, नेपाली सेनाका कृष्ण बस्नेतले २ घन्टा २४ मिनेट १५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए भने सेनाकै राजन खत्रीले २ घन्टा २५ मिनेट ५० सेकेन्ड समय लगाएर तेस्रो भए ।
२१ किलोमिटर पुरुषतर्फ कल्याण बानियाँ पहिलो, रामजी बस्नेत दोस्रो र राजकुमार विष्ट तेस्रो भए । उनीहरु सबै सेनाकै खेलाडी हुन् ।
२१ किलोमिटर महिलातर्फ सेनाकी विश्वरुपा बुढा र सानुमाया कार्की क्रमशः पहिलो र दोस्रो भए भने सशस्त्र प्रहरीकी पुष्पा भण्डारी तेस्रो भइन् ।
१० किलोमिटर पुरुषतर्फ रोहन श्रेष्ठ पहिलो, सुवास लामा दोस्रो र सुमन पाण्डे तेस्रो भए भने महिलातर्फ १० किलोमिटरमा श्रृष्टि कुँवर, रेखा अधिकारी र लक्ष्मी लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
५ किलोमिटर छात्रतर्फ सुरेश थापामगर पहिलो, सागर श्रेष्ठ दोस्रो र कृष्ण आलेमगर तेस्रो भए ।
छात्रातर्फ संगीता खड्का, काजल विष्ट र सुनीता दर्लामीमगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
विदेशी नागरिकतर्फ २१ किलोमिटरमा अमेरिकाका मार्क कोनइन प्रथम भए भने १० किलोमिटरमा जापानका माइक रिडले उपाधि जितेका छन् ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.