राष्ट्रपति रनिङ सिल्डमा विपना सर्वोत्कृट

२१ जेठ, काठमाडौं । चार स्वर्ण जितेकी पश्चिमाञ्चलकी विपना परियार आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
प्रतियोगितामा विपनाले २ कीर्तिमानीसहित ४ स्वर्ण जितिन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको एथलेटिक्सतर्फ छात्रा ट्रिपलजम्पमा १०.५२ मिटर तथा लङजम्पमा ५.०९ मिटर जम्प गर्दै विपना विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।
विपनाले ४ गुणा १०० तथा ४ गुणा ४०० मिटर रिलेमा पनि टोलीसँग मिलेर स्वर्ण हात पारिन् ।  सर्वोत्कृष्ट घोषित भएसंगै खेलकुद मन्त्रालयका सह-सचिव चूढामणि पौडेलले विपनालाई युवा प्रतिभा खेलाडी पुरस्कारबाट सम्मानित गरिने घोषणा गरे । एक लाख राशीको पुरस्कार साउनमा हुने कार्यक्रममा प्रदान गरिने छ ।
मध्यमाञ्चलका अजितकुमार यादवले छात्र १ हजार ५ सय मिटर दौड ४ मिनेट १४.५ सेकेन्ड तथा सोही स्पर्धाको छात्रामा मध्यपश्चिमाञ्चलकी मन्जु रावतले ५ मिनेट १०.४ सेकेन्डमा पूरा गर्दै विद्यालयस्तरकै कीर्तिमान बनाएका थिए ।
समग्रमा मध्यमाञ्चल टिम च्याम्पियन बन्यो । मध्यमाञ्चलले ३ सय १९ अंक बटुल्यो । दोश्रो भएको पश्चिमाञ्चलले २ सय १९ अंक बटुल्यो । १ सय १८ अंकसाथ मध्यपश्चिाञ्चल तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार जिते ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.