Responsive Ad Slot

ताजा समाचार

latest

अन्तर्राष्ट्रिय वादोरियोमा नेपाल च्याम्पियन

Jun 2, 2016

/ by Unknown
जेस्ठ २०।  नेपालले प्रथम वादोरियो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । कुल २८ स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपालले सर्वाधिक २१ स्वर्णमाथि कब्जा जमाउदै टिम च्याम्पियन बन्यो ।
नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ दोश्रो भयो । श्रीलंका र बंगलादेशले १-१ स्वर्ण जिते ।
पुरुषमा जोगमेहर लामा र महिलामा गरिमा गिरी उत्कृष्ट खेलाडी चुनिए । नेपालका दुवैले समान १-१ स्वर्ण र रजत प्राप्त गरे ।
बसुन्धारास्थित यति पार्टी प्यालेसमा भएको प्रतियोगितामा नेपालबाट पुरुष २० केजीमा गौरव राई, २५ केजीमा निरज योञ्जन, ३० केजीमा क्युसाङ लामा, ४० केजीमा दिनेश छन्त्याल, ४५ केजीमा विकबहादुर थामी, ५५ केजीमा सरोज पाखि्रन, ६० केजीमा जोगमेहर तथा खुलामा राजु बुढाथोकीले स्वर्ण जिते ।
महिलाको ३० केजीमा डोल्मा लामा, ४५ केजीमा आश्था श्रेष्ठ, ५५ केजीमा बेली घिसिङ तथा खुलामा अस्मिता छन्त्यालले नेपाललाई स्वर्ण दिलाए ।
भारतका लागि पुरुष ५० केजीमा साइ गिरीश, ब्वाइज ६-८ वर्ष उमेरसमूहमा डि. गणेश, गल्र्स ९-११ वर्ष ज्योति बेस्रा, १४-१६ वर्षमा सिरिया मेल्गारिडी तथा महिला ४० केजीमा सिल्पी सुन्दीले पहिलो स्थान हात पारे । जुनियर महिला कातामा श्रीलंकाकी रन्जिता रत्ना तथा महिला ३५ केजीमा बंगलादेशकी चाँदनी सुन्दीले स्वर्ण चुमे ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat