वर्ल्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १४ भेट्रान खेलाडीसहित नेपाली टोली प|mान्सको लियोन जाने भएको छ ।
अगष्ट ४ देखि १६ तारिखसम्म हुने च्याम्पियनसिपमा भीमसेन अवाले, बालकृष्ण डंगाल, मनीष जोशी, सावित्री खनाल, शिवहरि खनाल, बाबुकृष्ण महर्जन, राजमान महर्जन, रमेश महर्जन, विष्णु मल्ल, इन्द्रा मल्ल, त्रिरत्न मानन्धर, दीपककुमार रन्जित, रमेश शाक्य र कृष्णकुमार श्रेष्ठले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा विश्वरत्न मानन्धर रहेका छन् ।
१९ सदस्यीय टोलीमा नेपाल एमेच्योर भेट्रान्स एथलिट कमिटका उपाध्यक्ष यज्ञलाल श्रेष्ठ र कोषाध्यक्ष भैरव शाही, मिडियाबाट विजय पाण्डे र रामकृष्ण आले मगर पनि छन् । टोली अगष्ट २ तारिख जाँदैछ ।
टोलीलाई गजराज जोशी ट्रष्टले झोरमा आयोजित एक कार्यक्रमबीच बिदाइ गर्यो । च्याम्पियनसिपमा विभिन्न १ सय ८८ राष्ट्रका ८ हजार ४ सय प्रतिस्पर्धीको सहभागिता रहने कोषाध्यक्ष शाहीले जनाएका छन् ।
कार्यक्रममा भूकम्पका परी ज्यान गुमाएका भगवती क्लबका उपाध्यक्ष गजेन्द्र श्रेष्ठको परिवारलाई गजराज जोशी ट्रष्टले आर्थिक सहयोग प्रदान गरेको थियो ।
क्लबको तर्फबाट मनीषा जोशीले स्व. गजेन्द्रका छोरा धीरेन्द्रलाई २० हजार नगद हस्तान्तरण गरिन् ।

Sports News Channel of NEPAL.
No comments
Post a Comment
Thanks.