नेपाली लङ्टेनिस टोली बैंकक प्रस्थान

जेठ २४। आईटीएफ/एटीएफ डेभलोप्मेन्ट क्याम्पमा सहभागी हुन ८ खेलाडीसहित ९ सदस्यीय नेपाली लनटेनिस टोली आइतबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ ।
जुन ५ देखि १८ तारिखसम्म सञ्चालन हुने क्याम्पको पुरुषमा संरक्षक भूषण बज्राचार्य, प्रणव खनाल, अभिनव आचार्य र सौरभराज पाण्डेले भाग लिने छन् ।
महिलामा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा, खुशी पाण्डे र प्रेरणा कोइराला सहभागी हुनेछन् । प्रशिक्षकमा सन्तोष खत्री छन् ।
क्याम्पपछि बैंककमै हुने आईटीएफ यु–१८ विश्व जुनियर र्‍याकिङ टेनिस प्रतियोगितामा पनि केहि खेलाडीले भाग लिने छन् । मायांका र माहिका तथा संरक्षकले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अखिल नेपाल लनटेनिस संघले जनाएको छ । प्रतियोगिता जुन २० देखि २५ तारिखसम्म हुने छ ।
टोलीलाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य ज्ञानेन्द्र खनालले एक कार्यक्रमबीच आइतबारै अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.