Responsive Ad Slot

ताजा समाचार

latest

२५ करोड लागतमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला

Apr 21, 2015

/ by kpcat

काठमाडौं, फाल्गुन १७ । काठमाडौंको बुढानीलकण्ठमा क्रिकेट रंगशाला निर्माणका आज शिलान्यास गरिएको छ ।
बुढानीलकण्ठ नगरपाललिकाको गाम्चामा निर्माण गरिने क्रिकेट रङ्गशालाको प्रधानमन्त्री सुशील कोइरालाले  शिलान्यास गरेका हुन् ।
नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्ण शम्शेरराणाको नाममा रहने उक्त रङ्गशाला ९५ रोपनी क्षेत्रफलमा निर्माण हुने छ भने आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुवर्ण शम्शेर अध्ययन प्रतिष्ठानले जनाएको छ ।
सरकारले उपलब्ध गराएको जग्गामा निर्माण गरिने रङ्गशालाको लागत २५ करोड रुपैयाँ अनुमान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले गरिबी र अभावग्रस्त देशको रुपमा बदनाम हुंदै गएको नेपाललाई क्रिकेटको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको भन्दै राष्ट्रिय क्रिकेट टिमलाई धन्यावाद दिए ।
छिट्टै नयाँ संधिवान जारी गरी मुलुकमा विकास र अमनचैन कायम हुने र विदेशिएका नेपालीहरु पनि स्वदेश फर्कने दाबी समेत गरे ।
कार्यक्रममा बन तथा भू संरक्षण मन्त्री महेश आचार्य, कानुनमन्त्री नरहरि आचार्य, युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललगायतले गाम्चामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि जस्तोसुकै सहयोग गर्न परेपनि आफूहरु तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय  क्रिकेट टिमका कप्तान पारस खड्काले क्रिकेट खेललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सकिए यसले देशको समग्र बिकासका साथै अन्य देशहरुसँगको कुटनीतिक सम्बन्ध विस्तार गर्न समेत महत्वपूर्ण भूमिका निर्वाह हुने बताए ।
कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले कोइरालाले सम्मानित समेत गरेका थिए ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat