बेलायतले लग्यो डेभिस कप टेनिसको उपाधि

मंगसिर १४।  यस वर्षको डेभिस कप टेनिसको उपाधि बेलायतले जितेको छ । बेल्जियमको घेन्टमा आइतबार राति भएको खेलमा ब्रिटिस खेलाडी एण्डी मरेले बेल्जियमका डेभिस गोफीनलाई हराँउदै उपाधि जिताएका हुन् ।
५ खेलको श्रृंखलामा २-१ को अग्रता लिएको अवस्थामा चौथो खेल जित्दै बेलायतका मरेले टोलीलाई ३-१ को अग्रता दिएपछि उपाधि पक्काभएको हो ।
गोफीन विरुद्धको खेल मरेले ६-३, ७-५ र ६-३ आफ्नो पक्षमा पारे । बेलायतले प्रतिष्ठित डेभिस कप टेनिसको उपाधि जितेको सन् १९३६ पछि यो पहिलो अवसर हो । यो सँगै बेलायतले १० पटक डेभिस कप टेनिसको उपाधि जितेको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.