राष्ट्रव्यापी विद्यालयस्तरीय टेबलटेनिसमा अन्जुलाई स्वर्ण

भाद्र २६। प्रभात इङलिस उमाविकी अन्जु सुवालले चौथो राष्ट्रव्यापी विद्यालयस्तरीय खुला टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् ।
शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपाल तथा पुष्पकुञ्ज माविद्वारा संयुक्त आयोजित प्रतियोगिताको यु-१२ गल्र्स सिंगल्सको फाइनलमा अन्जुले विजेश्वरीकी दुर्गा राजभण्डारीलाई १३-११, ११-७ र ११-६ को सोझो सेटमा पराजित गरिन् । प्रभातकी मन्जु सुवाल र विजेश्वरीकी अनुष्का सिम्खडा संयुक्त रुपमा तेश्रो बने ।
ब्वाइज टिम इभेन्टमा आदर्श विद्या मन्दिर (एभीएम) ले विद्याआर्जनलाई ३-० तथा प्रोक्सिमाले युसीपीएसलाई ३-१ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।
सोही स्पर्धाको गर्ल्समा एभीएमले युसीपीएसलाई ३-० ले पाखा लगाउदै फाइनलमा पुग्यो । फाइनलमा एभीएमको भेट प्रभात र विजेश्वरीबीचको विजेतासंग हुनेछ ।
सामाखुशीस्थित पुष्पकुञ्जमा भइरहेको प्रतियोगिताको यु-१६ ब्वाइज सिंगल्समा पुष्पकुञ्जका दीपेश सुवेदी र विवेक जिसी तेश्रो चरणमा प्रवेश गरे भने यु-१२ ब्वाइज सिंगल्समा पुष्पकुञ्जका कैलाश गुरुङ दोश्रो चरणमा पुगे ।
प्रतियोगिता शनिबार सम्पन्न हुदैछ  ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.