भारोत्तोलनमा देवी, गगन र पुकारको राट्रिय कीर्तिमान

भाद्र २५।  बैंककको फुकेतमा जारी ४५ औं पुरुष तथा २६ औं महिला एशियन भारोत्तोलन च्याम्पियनसिपमा नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई जारी राखेका छन् ।
शुक्रबार सम्पन्न प्रतियोगितामा ७५ केजी तौल माथिको खेलमा तारा देवी पुनले आफ्नो राष्ट्रिय किर्तिमानलाई तोड्ने क्रममा स्नाचमा ७१ र क्लिन एण्ड जर्कमा ९५ केजी तौल भार बहन गर्दै कुलमा १६६ केजीका साथ तिन राष्ट्रिय किर्तिमान कायम गरिन् ।
यस अघि चौथो ग्राँपि्रक्समा उनले स्नाचमा ६८ र क्लिन एण्ड जर्कमा ९४ सहित कुलमा १६२ केजीको किर्तिमान राखेकी थिइन् ।
त्यस्तै १०५ केजी तौलमा गगन वलीले स्नाचमा ११३ केजी तौल भार बहन गर्दै राष्ट्रिय किर्तिमान राखे । यो किर्तिमान मदन शिवभक्तिको नाममा रहेको थियो । उनले आठौं साफमा ११२ केजी तौलको राष्ट्रिय किर्तिमान राखेका थिए । गगनले क्लिनमा १३७ केजी भार बहन गरे । यसको किर्तिमान मदनको नाममा १५५ केजीको रहेको छ ।
किर्तिमान राख्नेक्रममा पुकार गुरुङ्गले १०५ केजी माथी स्नाचमा १२३ केजी भारका साथ किर्तिमान राखे । यस विधामा गोपाल बहादुर श्रेष्ठकोनामा १२२ केजी को रेकर्ड रहेको थियो । उनले यो रेकर्ड ईस्लामाबादमा भएको नवौं साफमा राखेका थिए । पुकारले क्लिन एण्ड जर्कमा १४२ केजी भार वहन गरे ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.