यू-१९ प्रिमियर क्रिकेटमा कुवेतविरुद्ध नेपाल ८३ रनले विजयी

भाद्र १५ । दिपेन्द्र सिंह ऐरी र शौरभ खनालको १३० रनको साझेदारीसँगै नेपालले एसीसी यू-१९ पि्रमियर लिग क्रिकेटमा कुवेतमाथि ८३ रनको फराकिलो जित हात पारेको छ ।
प्रतियोगितामा चार खेल खेलेको नेपालको यो तेस्रो जित हो र जितसँगै नेपाल ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।
किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालको सुरुवात खराब थियो । टप अडरका ब्याट्सम्यानहरु नचलेपछि नेपालले ६६ रन जोड्दा ६ विकेट गुमाएको थियो ।
ओपनर सुनिल धमला ११, अशिष धामी ४, शंकर राना ८, आरिफ शेख शुन्य, राजु रिजाल १५ र राजवीर सिंह शुन्यमै आउट भए ।
तर, सातौं नम्बरमा ऐरी र नवौं नम्बरमा आएका खनालले सातौं विकेटका लागि १३० रनको साझेदारी गरे । ऐरीले ९१ बलमा नौ चौका र २ छक्कासहित ८५ रन बनाए । खनाल ७५ रनमा आउट भए ।
प्रेम तामाङ २३ रनमा अविजित रहे ।
२५१ रनको जवाफी लक्ष्य लिएर मैदान उत्रिएको कुवेतले ५० ओभरमा ९ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद मिजान अलीले अविजित ८४ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
नेपालका सुशील काडेल र प्रेम तामाङले समान २-२ विकेट लिए भने आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिएका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.