Responsive Ad Slot

ताजा समाचार

latest

बीपी कप भलिबलमा गल्कोटको कीर्तिमानी ह्याट्रिक

Sep 9, 2015

/ by Unknown
गल्कोट समाज स्पेनले बीपी कप भलिबल प्रतियोगितामा ह्याट्रिक गरेको छ। लगातार तीन वर्षसम्म उपाधि जित्दै समाजले कीर्तिमानी ह्याट्रिक गरेको हो।
नेपाली जनसम्पर्क समिती स्पेनले विश्वेश्वरप्रसाद कोइरालाको १०१ औं जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगितामा यस बर्ष पनि गल्कोट समाजले नै उपाधि जित्दै ईतिहास रचेको हो।
फाइनल खेलमा समाजले म्यादी समाज स्पेनलाई हराउँदै उपाधि जित्यो । बिजेता टिमले नगद ४ सय १ युरो ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता म्यादी समाज स्पेनले पनि नगद २ सय ५१ युरो ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत भएको छ।
उत्कृष्ट खेलाडीमा म्यादी समाजका टेक पुन र अनुशासित खेलाडीमा गल्कोट समाजका ईश्वर गुरुङलाई घोषित गर्दै शिल्ड र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रतियोगितामा ८ वटा समूहहरुले सहभागिता जनाएका थिए भने खेल नकआउट आधारमा खेलाईएको थियो। पहिलो खेलमा नेपाली जनप्रगतिशील मञ्चलाई हराउँदै गल्कोट समाज दोस्रो चरणमा प्रबेश गरेको थियो।
एनआरएन स्पेनको समूहलाई प्रबासी नेपाली मञ्चले पराजित गर्दै नकआउट गर्यो । यस्तै आयोजक नेपाली जनसम्पर्क समिति म्यादी समाज स्पेनसँग पराजित भयो। नकआउट चरणकै निकै प्रतिस्पर्धा पूर्ण खेलमा मगर संघ स्पेनले बाग्लुङ कालिका ग्रुपमाथि बिजय प्राप्त गरेको थियो । अन्तत: सेमिफाईनलमा गल्कोट र म्यादी समाजले, मगर संघ र प्रबासी मञ्चलाई पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए।
यता यस वर्षदेखि महिला भलिबललाई समाबेश गर्दै मैत्रीपूर्ण प्रतिष्पर्धा गराईयो। मैत्रीपूर्ण भलिबल खेलमा समुह ‘ए’ सरला सापकोटाको समुहले जमुना सापकोटाको समुह ‘बी’ लाई पराजित गरेको थियो। एनआरएन महिला फोरम स्पेनबाट समूह ‘ए’ र ‘बी’ गरी मिलाएर मैत्रीपूर्ण खेल खेलाईएको हो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा युरो काग्रेसका बरिष्ठ उपाध्यक्ष पूर्ण हमाल पोर्चुगलबाट आएका थिए। समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युरो काग्रेस उपाध्यक्ष पुष्प भण्डारी,संस्थापक अध्यक्ष चिन्तामणी सापकोटा, पूर्ब अध्यक्ष एकराज गिरी, एनआरएन आईसीसी सल्लाहकार पुष्पराज तिमिल्सिना, आईसीसी सदस्य दीपक खरेल, आईसीसी सदस्य(पोर्चुगल) सूर्य हमाल,एनआरएन स्पेनका अध्यक्ष मुक्तबहादुर गुरुङ लगायत स्पेनस्थित संघ सँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat