Responsive Ad Slot

ताजा समाचार

latest

हारको रिस पोखे मुर्रेले र्‍याकेटमाथि

Sep 9, 2015

/ by Unknown

भदौ २२ । बेलायती एण्डी मुर्रे यूएस ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् । पुरा खेलभर मुर्रेले खेल आफ्नो नियन्त्रण राख्न सकेनन् र रिस र्‍याकेटमाथि पोखे ।
चार घण्टा १८ मिनेटसम्म चलेको खेलमा मुर्रेलाई दक्षिण अफ्रिकाका केभिन एन्डरसनले पराजित गरे ।
एन्डरसनले पहिलो पटक कुनै पनि ठूलो प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन् । मुर्रे भने पाँच वर्षमा पहिलो पटक ग्राण्डस्लामको क्वार्टरफाइनलमा पुग्न असफल रहे ।
पहिलो सेट ७-६ र दोस्रो सेट ६-३ ले गुमाएका मुर्रेले तेस्रो सेटमा संघर्षपूर्ण पुनरागमन गरे । र, ६-७ को जित हात पारे ।
तर, चौथो सेटमा ७-६ को जित हात पार्दै एन्डरसनले क्वार्टरफाइनलमा पुगेका छन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat