अल्ट्रा म्याराथनमा मिरा बनिन् विश्व उपविजेता

 आश्विन ३।  नेपाली चेली मिरा राई सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा उपविजेता बनेकी छिन् । स्पेनमा सम्पन्न दौडमा उनी महिला तर्फको उपविजेता बनेकी हुन् ।
राईले निर्धारित १ सय १० किलोमिटर दुरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गर्दै नेपाली झण्डा फहराईन् । उनी मात्र ४ मिनेट १६ सेकेण्डले विजेता हुनबाट चुकिन ।
स्विजरल्याण्डकी इमिली फोर्सब्रगले १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै विश्व च्याम्पियन बनिन् र मीराले उनलाई शुरुदेखि नै दबावमा दिएकी थिइन् ।

संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने सालोमन प्रिनेउ अल्ट्रा दौडमा गत बर्षकी बिजेता नुरिया प्लाकासले भने तेस्रो स्थानमा चित्त बुझाएकी छन् । अल्ट्रा दौडमा थुप्रै रेकर्ड बनाई सकेकी स्पेनिस धावक नुरियाले १४ घण्टा १३ मिनेटमा मात्र दुरी पार गर्न सकिन् ।
दौडमा भाग लिएकी मिरालाई हौसला प्रदान गर्न स्पेनस्थित नेपालीहरु शनिबार बिहान ५ बजे नै उच्च पहाडी क्षेत्र बागा पुगेका थिए । दौड नसकिने बेलासम्म प्रतिक्षा गर्दै बसेका नेपालीहरुले मिरा उपविजेता बन्दै घेरा नाघे पछि “नेपाल नेपाल’ भन्दै नारा लगाएका थिए ।

मिराले यसअघि फ्रान्समा भएको ८२ किलोमिटरको मोन्ट ब्लङ्क म्याराथनको उपाधि जितेकी थिइन् ।
भोजपुरमा जन्मिएकी मीरा १४ वर्षको उमेरमा माओवादी लडाकू बनेकी थिइन् । शान्ति प्रक्रियामा आएपछि सुरु भएको सेना समायोजनका क्रममा कम उमेरका कारण उनलाई अयोग्य लडाकु ठहर गरिएको थियो ।​
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.