वानडे सिरिज अस्ट्रेलियाको कब्जामा

भाद्र २९।  अन्तिम एकदिवसीय खेलमा इंग्ल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमाथि कब्जा जमाएको छ । ओल्डट्राफोडमा सम्पन्न खेलमा इंग्ल्याण्ड १ सय ३८ रनमा सिमित बनेपछि ३–२ ले सिरिज जितेको हो ।
खेलमा इंग्ल्याण्ड छैटौं ओभरमा नै २२ रनमा ३ विकेट गुमाएको अवस्थामा रहेको थियो । त्यसपछि कप्तान इयोन मोर्गन रिटायर्ड हर्ट भएपछि इंग्ल्याण्ड सम्हालिन सकेन र ३३ ओभरमा नै अल आउट बन्न पुग्यो । इंग्ल्याण्डका लागि बेन स्टोकले ४२ रन बनाए भने अस्ट्रेलियाका लागि मिचेल मार्सले २७ रन खर्चेर र ४ विकेट लिए ।
अस्ट्रेलियाले उक्त झिनो लक्ष्य मात्र २५ ओभरमा पूरा गर्यो । एरोन फिन्चले नटआउट रहँदै ७० रन बनाए ।
एसेस टेस्ट ३–२ ले गुमाएको अस्ट्रेलियाका लागि यो सान्तवना जित साबित भयो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.