आर्सनलद्वारा एभर्टन पराजित

कार्तिक ८।  इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराती भएको खेलमा आर्सनल विजयी भएको छ । लण्डन क्लव आर्सनलले एभर्टनलाई २–१ ले पराजित गरेको हो ।
खेलमा आर्सनललाई विजयी गराउन ओलिभर जिरु र लरेन कोसेल्नीले एक–एक गोल गरे । एभर्टनका रोस बार्क्लेले एक गोल फर्काए ।
प्रिमियरलिग अन्तर्गतकै अर्को खेलमा चेल्सीलाई वेष्ट ह्याम युनाईटेडले २–१ ले पराजित गरेको छ ।
उता वाट्फोर्डले स्टोक सिटीलाई २–० ले हराँउदा स्वान्सी सिटीले एस्टन भिल्लालाई २–१ ले पराजित ग¥यो । लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई तथा वेष्ट ब्रोमले नर्विच सिटीलाई १–० ले पराजित गरे ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १० खेलबाट २२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २१ अंक सहित दोस्रो स्थानमा छ भने १० खेलबाट २० अंक जोडेको वेष्ट ह्याम युनाईटेड तेस्रो स्थानमा छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.