नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

कार्तिक ७।  मलेसियामा सम्पन्न अण्डरनाइन्टिन क्रिकेटको फाइनलमा आयरल्याण्डलाई हराउँदै विश्वकपका लागि छनोट भएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।यु–१९ विश्वकप छनोट प्रतियोगिताको विजेता बनेको नेपालले चार महिनापछि बंगलादेशमा हुने विश्वकपमा खेल्ने छ । 
त्रिभुवन विमानस्थलमा ओर्लिएर पत्रकारहरुका माझमा नेपाली टोलीका कप्तान राजु रिजालले विश्वकपका लागि खेलाडीलाईबाहिर लगेर अभ्यास गराउनु पर्ने बताएका छन् । उनले -नेपालमा खोजेको जस्तो अभ्यास गर्न सकिने अवस्था नभएका कारण ब्याट्सम्यान र बलरलाई अझ सशक्त पार्नका लागि विदेशमा गएर अभ्यास गर्नु पर्ने बताएका छन् ।'अहिलेको विजय सबैको सहयोगका कारण भएको बताउदै कप्तान रिजालले भने -नेपाली क्रिकेटलाई थप उचाइ दिनका लागि सरकार, खेलकुद परिषद् र  क्रिकेट संघका पदाधिकारीको सहयोग चाहिने बताएका छन् । 
नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपाली क्रिकेट टोलीको कडामेहनत रहेकाले विश्वकपमा ढोका खुल्ला भएको  बताउदै मेहनतलाई अझ कडा बनाउनु पर्ने बताएका छन । ‘उनले नेपाली क्रिकेट टोलीले ब्याटिङमा सुधार गर्नुपर्ने बताउदै विश्वकपको  बाँकी अवधिमा अन्तर्राष्ट्रिय  स्तरको अभ्यास गराउनु पर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारी तथा कर्मचारी र सर्वसाधारणले ले स्वागत गरेका थिए ।बंगलादेशमा हुने विश्वकपसंगै यू –१९ विश्वकपमा नेपालको सहभागिता  सातौंपटक हुने छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.