नेपाल समूह विजेता बन्दै फाइनलमा

कार्तिक ४।  नेपालले मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताको समूह चरणको खेलमा शतप्रतिशत नतिजा निकालेको छ ।

नेपालले समूहको अन्तिम खेलमा आयरल्यान्डमाथि ८ विकेटको जित दर्ता गर्‍यो । यो जितसँगै नेपाल समूह विजेता बन्दै फाइनलमा पुगेको छ । फाइनलमा नेपालले फेरि आयरल्यान्डकै सामना गर्नेछ । आयरल्यान्ड समूहमादोस्रो भएको हो ।

बुधबार क्वालालम्पुरको किन्रारा ओभल मैदानमा आयरल्यान्डले दिएको १८५ रनको चुनौती नेपालले ४३ बल बाँकी छँदै २ विकेटको नोक्सानीमा पूरा गरेको हो । आयरल्यान्डविरुद्ध नेपालको ओपनिङ साझेदारी शानदार रह्यो ।

नेपालको जितमा सन्दीप सुनारले ८५ रनको उत्कृष्ट पारी खेले । सुनिल धमला ७५ रन बनाएर पवेलियन फर्कंदा नेपालको जितको आधार तय भइसकेको थियो । कप्तान राजु रिजाल १६ र योगेन्द्रसिंह कार्की ४ रनमा अविजित रहे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । कुनै समय १ सय १ रन जोड्दा ७ विकेट गुमाइसकेको आयरल्यान्डले आठौं विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेको हो ।

नेपालका लागि प्रेम तामाङले सर्वाधिक ४ विकेट लिए ।

यसअघि नै दुबै टोलीले फाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । नेपाल र आयरल्यान्डबीच नै विहीबार (भोलि) फाइनल खेल हुनेछ । उक्त फाइनल खेलले विश्वकपमा छानिने एक टोलीको टुंगो लगाउने छ ।

छनोट प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी जनवरीमा बंगलादेशमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट खेल्न पाउने भएकाले विहीबारको फाइनल खेल दुबै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ । 

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.