Ads Below Title

Ads Inside Post

Ads End Post

Oct 22, 2015

नेपाल समूह विजेता बन्दै फाइनलमा

कार्तिक ४।  नेपालले मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताको समूह चरणको खेलमा शतप्रतिशत नतिजा निकालेको छ ।

नेपालले समूहको अन्तिम खेलमा आयरल्यान्डमाथि ८ विकेटको जित दर्ता गर्‍यो । यो जितसँगै नेपाल समूह विजेता बन्दै फाइनलमा पुगेको छ । फाइनलमा नेपालले फेरि आयरल्यान्डकै सामना गर्नेछ । आयरल्यान्ड समूहमादोस्रो भएको हो ।

बुधबार क्वालालम्पुरको किन्रारा ओभल मैदानमा आयरल्यान्डले दिएको १८५ रनको चुनौती नेपालले ४३ बल बाँकी छँदै २ विकेटको नोक्सानीमा पूरा गरेको हो । आयरल्यान्डविरुद्ध नेपालको ओपनिङ साझेदारी शानदार रह्यो ।

नेपालको जितमा सन्दीप सुनारले ८५ रनको उत्कृष्ट पारी खेले । सुनिल धमला ७५ रन बनाएर पवेलियन फर्कंदा नेपालको जितको आधार तय भइसकेको थियो । कप्तान राजु रिजाल १६ र योगेन्द्रसिंह कार्की ४ रनमा अविजित रहे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । कुनै समय १ सय १ रन जोड्दा ७ विकेट गुमाइसकेको आयरल्यान्डले आठौं विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेको हो ।

नेपालका लागि प्रेम तामाङले सर्वाधिक ४ विकेट लिए ।

यसअघि नै दुबै टोलीले फाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । नेपाल र आयरल्यान्डबीच नै विहीबार (भोलि) फाइनल खेल हुनेछ । उक्त फाइनल खेलले विश्वकपमा छानिने एक टोलीको टुंगो लगाउने छ ।

छनोट प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी जनवरीमा बंगलादेशमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट खेल्न पाउने भएकाले विहीबारको फाइनल खेल दुबै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ । 

No comments:

Post a Comment

Thanks.

Comments system

[facebook]

Disqus Shortname

Spot.IM ID

Flickr User ID

96081833@N05

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjfkzhO7bGO0Nyjr-N1AwrFWueKcgjQWVtusxtDZeXn1vSKu0KUImgxTnQm82EMGM3XZU7nf-GolGILRCaLMpzYlkoTpOdG4BDmPCjQRaf1-PMpQqyehHJguEq0nG3aIMBEJ-d42VjlGX3G/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.

Google ads Main JS