Responsive Ad Slot

ताजा समाचार

latest

नेपाल र आयरल्यान्ड भिड्दै

Oct 21, 2015

/ by Unknown
कार्तिक ४।  मलेसियामा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत् समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयरल्यान्डसँग खेलिरहेको छ ।
क्वालालम्पुरको किन्रारा ओभलमैदानमा जारी खेलमा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । आयरल्यान्डले ४० ओभरको समाप्तीसम्म ७ विकेट गुमाएर १२४ रन जोडेको छ ।

यसअघि, समूहमा तीन/तीन खेल जित्दै दुबै टोली फाइनलमा पुगिसकेको अवस्थामा आजको खेल औपचारिकतामा मात्रै सीमित बनेको छ ।

यी दुई टोलीहरुबीच विहीबार हुने फाइनल खेलले विश्वकपमा छानिने एक टोलीको टुंगो लगाउनेछ ।

छनोट प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामि जनवरीमा बंगलादेशमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेट खेल्न पाउने भएकोले विहीबारको फाइनल खेल दुबै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ 

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat