सेवागले लिए सन्न्यास

कार्तिक ४।  भारतीय पूर्वक्रिकेट स्टार वीरेन्द्र सेवागले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

कुनै समयका विस्फोटक ब्याट्सम्यान सेवाग पछिल्लो समय भारतीय राष्ट्रिय टिमबाट खेल्न सकिरहेका थिएनन् । आफ्नो ३७औं जन्मोत्सवको अवसर पारेर मंगलबार सेवागले सन्न्यास लिएका हुन् ।

मैदानमा आफूले चाहेको प्रदर्शन गर्नसकेको भन्दै सेवागले अब परिवारलाई समय दिने समय आएको बताएका छन् । सेवागले इन्डियन प्रिमियर लिग (आइपीएल)बाटसमेत सन्न्यासको घोषणा गरेका हुन् ।

सेवागले एक सय चार टेस्ट क्रिकेटमा २३ शतकसहित ८ हजार ५ सय ८६ रन, दुई सय ५१ एक दिवसीयमा १५ शतकसहित ८ हजार २ सय ७३ रन तथा १९ ट्वेन्टी–२० मा दुई अर्धसतकसहित तीन सय ९४ रन बनाएका छन् ।

‘अफ स्पिन’ बलिङसमेत गर्दै आएका सेवागले एक दिवसीयमा ९६ तथा टेस्ट क्रिकेटमा ४० विकेट लिएका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.