Responsive Ad Slot

ताजा समाचार

latest

च्याम्पियन्स लिगमा ८ खेलः आर्सनल र बार्यन भिड्ने, चेल्सी, बार्साको खेल पनि आजै

Oct 20, 2015

/ by Unknown
कार्तिक ३ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा मंगलबार (आज) राति ८ खेल हुनेछन् ।

समूह चरणको तेस्रो खेलमा इंग्लिस क्लब आर्सनलले बायर्न म्युनिखको सामना गर्दा चेल्सीले डाइनामो किभसँग खेल्नेछ ।

आर्सनलले जर्मन क्लब बायर्नसँग आफ्नै मैदानमा खेल्दा चेल्सीको खेल युक्रेनी क्लब डाइनामो किभको मैदानमा हुनेछ ।

/>जारी सिजनको च्याम्पियन्स लिग फुटबलमा यसअघिका दुई खेलमध्ये चेल्सीले एउटा खेल जितेको छ भने आर्सनल दुईओटै खेलमा पराजित भएको छ ।

मंगलबार राति हुने अन्य खेलहरुमा रोमानियको बाते बोरिसोभ र स्पेनको बार्सिलोना, जर्मनीको बायर लिभरकुजेन र इटालीको रोमा, क्रोएसियाको डाइनामो जाग्रेब र ग्रीसको ओलम्पियाकोस, पोर्चुगलको एफसी पोर्टो र इजरेलको मकाबी तेल अभिभ, स्पेनको भ्यालेन्सिया र बेल्जियमको गेन्ट तथा रुसको जेनिथ र फ्रान्सको लियों भिड्नेछन् ।

युएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत् समूहका तेस्रो चरणका बाँकी ८ खेलहरु बुधबार राती हुनेछन् ।

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat