विश्व क्रिकेट लिगका लागि क्यानले छान्यो २० खेलाडी

कार्तिक ३।  आइसीसी विश्व क्रिकेट लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

राजधानीमा भएको सुपर लिग क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले २० खेलाडीलाई छानेको हो । छनोट हुन सफल खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी,सोमपाल कामी, अनिल मण्डल, सुवास खकुरेल र राजेश पुलामी छन् ।

त्यस्तै, पृथु बास्कोटा, सागर पुन, करण केसी, दिलिप नाथ, मेहबुब आलम, यज्ञमान कुमाल, अर्शाद अहमद, महेश क्षेत्री, नरेश बुढाऐर, सन्दीप लामिछाने र विक्रम सोब २० जनाभित्र अटेका छन् ।

बन्द प्रशिक्षणबाटै अन्तिम १४ खेलाडी र चारजना वैकल्पिक खेलाडी छनोट गर्ने क्यानले जनाएको छ । नेपालले कात्तिक १९ गते युएईमा पपुवा न्यूगिनीसँग खेल्ने कार्यक्रम छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.