फेरी सर्‍यो दक्षिण एसिसाली खेलकुद

कार्तिक ९।  १२ औं दक्षिण एसियाली खेलकुद (साग) फेरी सरेको छ । भारतको गुहाटी र सिलोङ्मा हुने तय भएको साग सुरु हुने मिति दोस्रो पटक सरेको हो ।
आसामका मुख्यमन्त्री तरुण गोगोइले प्रतियोगिता अब फब्रुअरी ६ देखि १६ सम्म हुने बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि डिसेम्बर १० देखि २० सम्म हुने तय भएको प्रतियोगिता पछि जनवरी १० देखि २२ सम्म हुने गरी सारिएको थियो ।
आसाम राज्य र केन्द्रीय खेलकुद मन्त्रालयबीचको समन्वयको अभावमा सागको मिति बारम्बार सरको हो । आसाममा जनवरीमा ‘माघ बिहु’ चाड मनाइने भएकाले पनि पूर्व निर्धारित मितिमा प्रतियोगिता गर्न नसकिने मुख्य मन्त्री गोगोईले बताए ।
यसअघि ११ औं साग सन् २०१० मा बंगलादेशको ढाकामा भएको थियो । सागमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान,  माल्दिभ्स र अफगानिस्तान सहभागी हुनेछन ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.