युनाइटेड र म्यानचेस्टर सिटीको बराबरी

कार्तिक ९ । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडले बराबरी खेलेका छन् । गएराति म्यानचेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।
बहुचर्चित म्यानचेस्टर डर्बी बराबरीमा सकिएपछि उपाधि होडमा आर्सनललाई फाईदा पुगेको छ ।
justify;">प्रिमियर लिग अन्तर्गत गएरातिका अन्य खेलहरुमा सण्डरल्याण्ड र टोटनह्याम हट्सपर विजयी भएका छन् । लण्डन क्लव टोटनह्याम हट्सपरले बर्नमाउथलाई ५–१ ले हराँउदा सण्डरल्याण्डले आफ्नै शहरको प्रतिद्वन्द्वी न्युकासल युनाईटेडलाई ३–० ले पराजित गर्‍यो ।
उता लिभरपुल र साउथ ह्याम्पटनले भने १–१ गोलको बराबरी खेलेका छन् । नयाँ प्रशिक्षक यर्गेन क्लपको प्रशिक्षणमा लिभरपुलको यो लगातार दोस्रो बराबरी हो ।
गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १० खेलबाट २२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा फर्किएको छ । समान खेलबाट २२ अंक जोडेको आर्सनल गोल अन्तरको आधारमा दोस्रो स्थानमा झरेको छ भने तेस्रो स्थानको वेष्ट ह्याम युनाईटेडको २० अंक छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.