भारतको लज्जास्पद पराजय

कार्तिक ९ । पाँचौं खेलमा भारतलाई २१४ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले ५ खेलको एक दिवसीय क्रिकेट श्रृंखला ३–२ ले जितेको छ ।
मुम्बईमा आइतबार राति सम्पन्न पाँचौं तथा निर्णायक खेलमा २१४ रनको विशाल अन्तरले जित हात पार्दै दक्षिण अफ्रिकाले श्रृंखलामाथि कब्जा जमाएको हो ।
दक्षिणअफ्रिकाले जितका लागि दिएको ४३९ रनको विशाल चुनौति पछ्याउने क्रममा भारत ३६ ओभरमा अल आउट हुँदै २२४ रनमा समेटियो । भारतका लागि अजिन्क्या रहानेले ८७ तथा शिखर धवनले ६० रन जोडे । कप्तान महेन्द्र सिंह धोनीले २७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न नसक्दा भारतले ठूलो अन्तरले हार ब्यहोरेको हो ।
दक्षिण अफ्रिकाका कागिसो रबादाले ४ तथा डेल स्टेनले ३ विकेट लिए भने इमरान ताहिरले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले शानदार प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ४३८ रनको विशाल योगफल बनाएको थियो । उसका लागि तीन खेलाडीले शतक प्रहार गरे ।
फाप डु प्लेसिसले रिटायर्ट हर्ट हुनुपूर्व ११५ बलमा १३३ रन बनाए । त्यस्तै कप्तान एबी डे भिलियर्सले ६१ बलमा ११९ रन जोडे ।
ओपनिङ्ग ब्याट्सम्यान क्विन्टन डे ककले ८७ बलमा १०९ रन बनाए । एकै इनिङ्गमा तीन शतक बनेको यो अहिलेसम्मकै दोस्रो पटक हो ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.