डेभिड बेकह्याम नेपाल आउने

कार्तिक ९।  विश्वचर्चित बेलायती फुटबल खेलाडी डेभिड बेकह्याम फुटबल खेल्न नेपाल आउने भएका छन् । व्यावसायिक फुटबलबाट सन्यास लिएको झण्डै दुइ वर्षपछि उनी सातदिने फुटबल अभियानका क्रममा नेपाल आउने भएका हुन् ।
बेलायतबाट प्रकाशित सण्डे टाइम्सले जनाएअनुसार बेकह्याम सात दिनमा सातवटा महादेशका बेग्लाबेग्लै देशमा फुटबल खेल्ने तयारीमा छन् । जसमा एउटा मुलुक नेपाल पनि हो ।
बेकह्यामले नेपालसहित पपुवान्यूगिनी, ब्युनस आयर्स, जिबुटी, मायामी र अन्टार्क्टिकामा फुटबल खेल्नेछन् । अन्तिम खेल बेलायतको ओल्ड ट्राफोर्डमा खेल्नेछन् । यो म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान हो जहाँ उनले ११ बर्षसम्म व्यावसायिक फुटबल खेलेका थिए ।
युनिसेफका सदभावदूतसमेत रहेका बेकह्यामले सात दिनमा सातवटा महादेशमा फुटबल खेलेर युनिसेफका लागि रकम जुटाउन लागेका हुन् । उनले अघिल्लो बर्ष घोषणा गरेको आफ्नै परोपकारी संस्थाको नामसमेत सेभेन हो ।
बेकह्यामसँगै एउटा चलचित्रकर्मीहरुको समूह पनि हुने छ, जसले बीबीसी विश्वसेवा  र बीबीसी १ का लागि झण्डै ९० मिनेट लामो वृत्तचित्र तयार गर्ने छ ।
‘मैले खेलकुदको, खासगरि फुटबलले मानिसको जीवनमा परिवर्तनकारी असर पारेको देखेको छु’ बेकह्यामले भने- ‘यो महायात्राले मलाई यो खेलेको सकारात्मक पक्षको प्रर्दशन गर्ने अवसर दिने छ ।’
बेकह्यामको यात्रा कहिले सुरु हुने र नेपालमा कहिले खेल हुने भन्ने स्पष्ट पारिएको छैन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले यसबारेमा संघलाई केही जानकारी नभएको बताए ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.