साग खेलमा २३ खेल समावेश, कराँते हट्यो

आश्विन २४।  आसन्न दक्षिण एशीयाली खेलकुद सागबाट कराँते खेल हटाईएको छ । भारतमा आइतबार बसेको दक्षिण एशीयाली ओलम्पिक कमिटिको वैठकले १२ औं सागमा समावेश गरिने २३ खेलको टुंगो लगाँउदै कराँते खेललाई हटाएको हो ।
भारतको गुवाहाटी र सिलोङमा आगामी फेब्रुअरी महिनामा दक्षिण एशीयाली खेलकुद प्रतियोगिता सागको १२ औं संस्करणआयोजना हुँदैछ ।
आयोजक भारतको प्रस्ताव अनुसार सहभागि राष्ट्रका प्रतिनिधिहरुको वैठकले कराँते खेललाई सागबाट हटाउने निर्णय गरेको हो ।
पाँच वर्ष अघि बंगलादेशको ढाकामा सम्पन्न ११ औं सागमा पनि २३ खेल समावेश गरिएको थियो । उक्त प्रतियोगिातमा समावेश गरिएका कराँते, क्रिकेट र गल्फलाई हटाएर यसपटक टेनिस, खोखो र ट्रायथ्लनलाई समावेश गरिएको छ ।
यी बाहेक सागमा समावेश गरिएका अन्य खेलहरुमा आर्चरी, एथ्लेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साईक्लीङ, फुटबल, ह्याण्डबल, हक्की, जुडो, कबड्डी, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, भलिबल, भारत्तोलन, कुस्ती र उसु रहेका छन् ।
सागबाट कराँते खेल हटाईएपछि नेपालको पदक संख्या घट्ने संभावना बढेको छ । काठमाडौंमा सन् १९९९ मा सम्पन्न आठौं दक्षिण एशीयाली खेलकुदमा पहिलो पटक समावेश गरिएको कराँते खेल त्यसपछि हरेक संस्करणमा निरन्तर समावेश गरिएको थियो ।
हालसम्म नेपालले कराँते खेलमा २० स्वर्ण, ८ रजत र ११ कास्य पदकसहित कुल ३९ पदक जितेको थियो ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.