पदक विजेता खेलाडी पुरस्कृत

आश्विन २४।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७१/०७२ मा विभिन्न खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रोत्साहनस्वरुप आइतबार नगद पुरस्कार प्रदान गरेको छ ।
१६९ पदक विजेतालाई १२ लाख ३७ हजार ८ सय रुपैयाँ पुरस्कारस्वरुप प्रदान गरिएको राखेपले जनाएको छ ।
justify;">६२ स्वर्ण विजेतालाई १० हजारका दरले कूल ६ लाख २० हजार १ सय, ३० रजतधारीलाई ७ हजार ५ सयका दरले कूल २ लाख २५ हजार तथा ७७ काँस्य जित्नेलाई ५ हजार १ सयका दरले कूल ३ लाख ९२ हजार ७ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो ।
राखेप र नेपाल सरकारले दिने भनिएको खेल प्रतियोगताको पुरस्कार रकम बाहेकका खेलकुद प्रतियोगिताका पदक विजेता खेलाडीलाई नगद पुरस्कार वितरण गरिएको हो ।
त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच राखेप सदस्य–सचिव केशवकुमार विष्टले खेलाडीलाई पुरस्कृत गरे । कार्यक्रममा सदस्य–सचिव विष्टले सानै भएपनि यस्ता प्रोत्साहनले खेलाडीको मनोबल उच्च बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.