Responsive Ad Slot

ताजा समाचार

latest

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल हुने

Oct 3, 2015

/ by Unknown
आश्विन १६।  सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश हुने भएको छ । 
 
प्रतियोगितामा फुटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, भारोत्तोलन, भलिबल, कुस्ती, जुडो, हक्की, सुटिङ, ब्याडमिन्टन, बास्केटबल, पौडी, धनुकाँड, ट्रायथलन, क्रिकेट, गल्फ, लनटेनिस, साइक्लिङ, फेन्सिङ, उसु लगायत खेल रहने छन् । 
 
त्यसैगरी प्रदर्शनी खेलमा भने रग्बी, डान्स स्पोर्टस, साम्बो, रक क्लाइम्बिङ र दोहोरी राखिएको राखेपले जनाएको छ । तयारी एक महिनाभित्र पूरा हुने छ । आगामी मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा प्रतियोगिता हुँदैछ । 
 
यहाँ आज आयोजित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७२ मूल समितिको बैठकमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताका लागि नयाँ निर्माणभन्दा पनि पुरानै संरचनामा खेल सञ्चालन गर्नुपर्ने भएकाले सामान्य क्षति भएका संरचना एक महिनाभित्र पुनःनिर्माण गरिसकिने जानकारी दिए। प्रतियोगिताका लागि करिब रु ३१ करोड ९९ लाख ९६ हजार लाग्ने छ । आवश्यक बजेट अर्थ मन्त्रालयमा माग गरी पठाइसकिएको छ । 
 
बैठकमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल, सांसद रामहरि खतिवडा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टलगायतले प्रतियोगितामा खेलाडीको व्यापक सहभागिता र उत्कृष्ट व्यवस्थापन भए मात्र खेलकुद क्षेत्रको विकास हुने धारणा व्यक्त गर्दै खेल क्षेत्रलाई संरक्षण र सम्वद्र्धन गर्न सके मात्र नेपालको नाम उच्च रहने बताए। रासस

No comments

Post a Comment

Thanks.

Don't Miss

Translate

Shreeji Media © All Rights Reserved 2025
Design By KpCat