फिफा वरीयतामा नेपाल फेरि ५ स्थान झर्‍यो

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विहीबार जारी गरेको नयाँ वरीयताक्रममा नेपाल ५ स्थान तल झर्दै १ सय ९०औं स्थानमा पुगेको छ ।
फिफाले जारी गरेको नयाँ वरीयताक्रमअनुसार फिफामा आबद्ध कुल २०८ राष्ट्रमध्ये नेपाल १ सय ९०औं स्थानमा पुगेको हो । अघिल्लो वरीयताक्रमअनुसार १ सय ८५औं स्थानमा रहेको नेपालको यो इतिहासमै सर्वाधिक खराब वरीयता हो ।
यसअघि, सन् २००८ मा १ सय ८८औं स्थानमा रहेको नेपालको त्यो नै सबैभन्दा खराब वरीयता थियो । नेपाली टोली दक्षिण एसियामा पनि पुछारबाट दोस्रो स्थानमा छ ।
दक्षिण एसियामा १ सय ५०औं स्थानमा रहेको अफगानिस्तानले शीर्ष स्थान ओगटेको छ ।
यस्तै, १ सय ६७औं स्थानमा रहेको भारत दोस्रो, १ सय ७३औं स्थानमा रहेको भुटान तेस्रो, १ सय ७६औं स्थानमा रहेको माल्दिभ्स चौथो, १ सय ७७औं स्थानमा रहेको पाकिस्तान पाँचौ र १ सय ८२औं स्थानमा रहेको बंगलादेश छैटौं स्थानमा छ ।
दक्षिण एसियाली राष्ट्रमा १ सय ९१औं स्थानमा रहेको श्रीलंका मात्र नेपालभन्दा पछाडि छ । विश्व फुटबलमा अर्जेन्टिनाले पहिलो स्थान ओगट्दा विश्वकप विजेता जर्मनी दोस्रो स्थानमा छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.