शेरबहादुर स्मृति खुल्ला ब्याडमिन्टन शुरु

कार्तिक २।  सुशील पौडेल र ऋषि बरालको जोडीले शेर बहादुर खड्का स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको भेट्रान डबलमा आईतबार पहिलो स्थान हात पारेका छन् ।
बालकोटस्थित माउन्ट भ्यू स्कुलमा भएको फाईनल खेलमा सुशील र ऋषिले गोबिन्दसिंह भण्डारी र मोती पाठकको जोडीलाई २१–१६ र २१–११ को सोझो सेटमा हराउँदैउपाधि जितेका थिए ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुष डबलमा रन्जन खड्का र मनिष पराजुलीको जोडी सेमीफाईनलमा प्रवेश गरेका छन् ।
क्वाटर फाईनलमा रन्जन र मनिषको जोडीले ध्यानकुमार राई र महेश चौधरीको जोडीलाई २–० को सोझोे सेटमा हराएका थियो ।
त्यस्तै राजु केसी र सुभाष थापाको जोडीले पनि जित हात पार्दै सेमिफाईनलमा रन्जन र मनिषको जोडीसँग भेट पक्का गरेका छन् । क्वाटर फाईनलमा राजु र सुभाषको जोडीले विपिन आचार्य र बलराम भण्डारीको जोडीलाई २–१ ले स्तब्ध पारेका थियो ।
पुरुष डबलको अन्य खेलमा गोपाल खनाल र भुमिसिंह चौधरीको जोडीले संजिव कटुवाल र घनेन्द्र लिम्बुको जोडीलाई तथा सुशील पौडेल र कृष्ण कटुवालको जोडीले भगत रानाभाट र विकास भण्डारीको जोडीलाई समान २–१ को स्कोरले हराउँदै क्वाटर फाईनलमा आपसमा भेट पक्का गरेका छन् ।
विजयादशमीको उपलक्ष्यमा आयोजना गरिएको पुरुष एकलको समूह ‘ख’को खेलमा घनेन्द्र लिम्बुले रन्जन खड्कालाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका छन् । त्यसैगरी मनिष पराजुलीले ब्रवीन थापालाई २–० को सोझो सेटमा हराउँदै घनेन्द्रसँग सेमिफाईनलमा भेट पक्का गरेका छन् ।
पुरुष एकलको समूह ‘क’बाट  सुनिल शाक्यले महेश चौधरीलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान बनाएका छन् । समूह ‘क’बाटै संजिब कटुवाल र रसिन खड्काले आ–आफ्नो खेल जित्दै क्वाटर फाईनलमा आपसमा भेट जुराएका छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.