नेपाल ‘बी’ को रोमाञ्चक जित

कार्तिक २।  राजधानीमा जारी सुपर लिग क्रिकेटको दोस्रो चरणको खेलमा नेपाल ‘बी’ ले शतप्रतिशत नतिजा ल्याएको छ । नेपाल ‘बी’ ले आइतबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपाल ‘ए’ माथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
पहिले ब्याटिङ्ग गरेको नेपाल ‘बी’ का लागि कप्तानज्ञानेन्द्र मल्लको शानदार शतकको मद्दतले ४८ ओभर ४ बलमा सबै विकेट गुमाएर २५१ रन बनायो । ज्ञानेन्द्रले ९१ बलमा रिटायर्ड हर्ट हुनुपूर्व १०३ रन बनाए । इर्शाद अहमदले ३ विकेट झारे ।
जवाफमा नेपाल ‘ए’ ले ४८ ओभर ४ बलमै सबै विकेट गुमाएर २४४ रनमात्र बनाउन सक्यो । कप्तान पारस खड्काले ८५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
अलराउण्ड खेल्दै ‘म्यान अफ द म्याच’ बन्ने क्रममा ज्ञानेन्द्रले २१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै शक्ति गौचनले २४ रन खर्चेर ३ विकेट झारे ।
यो जितसँगै अंक तालिकामा नेपाल ‘बी’ दुई खेलबाट ४ अंकका साथ शीर्ष स्थानमा छ । एक–एक खेल खेलेका नेपाल ‘ए’ र नेपाल ‘सी’ अंकविहीन छन् ।
सुपर लिगमा आज  कीर्तिपुर मैदानमै नेपाल ‘ए’ र नेपाल ‘सी’ भिड्दै छन् ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.