आज अमेरिकासँग नेपाल भिड्दै

कार्तिक २।  आईसीसी यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आज नेपालले अमेरिकासँग खेल्नेछ ।
नेपाल आज लगातार तेस्रो जितको खोजीमा रहनेछ । यो खेल जितेको खण्डमा नेपाल फाईनलमा प्रवेश गर्नेछ ।
मलेसियामा जारी प्रतियोगिता जित्दै नेपाल अर्को वर्ष बंगलादेशमा हुने आईसीसीयु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा छनौट हुने लक्ष्यमा छ ।
नेपालले जारी छनौट प्रतियोगिताको पहिलो खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले तथा दोस्रो खेलमा युगाण्डालाई १७१ रनले पराजित गरेको थियो ।
समुहको अन्तिम लिग खेलमा नेपालले भोलि बलियो प्रतिद्वन्द्वी आयरल्याण्डसँग खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् ।
प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम अर्को वर्ष बंगलादेशमा आयोजना हुने विश्वकप क्रिकेटका लागि छानिने छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.