शिरिषदले बनाए दुई कीर्तिमान

आश्विन ३०।  सातौं राष्ट्रिय खेलकुद अन्तरगत १९ औं राष्ट्रिय पौडीको तेश्रो तथा अन्तिम दिन शुक्रबार नेपाली सेना टिम च्याम्पियन बन्न सफल भएको छ ।
सेनाले ३२ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा २५ स्वर्ण, १३ रजत र ११ कास्यका साथ प्रथम स्थान हात पार्न सफल भएको हो । दोश्रो स्थानमा मध्यमाञ्चलले ७ स्वर्ण, १६ रजत र ११ कास्य पायो । तेश्रो स्थानमा रहेको पश्चिमाञ्चलले २ रजत र ३ कास्य पदक पायो ।
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा नेपाल पौडी संघद्वारा संचालित प्रतियोगिताको अन्तिम दिन पनि तीन राष्ट्रिय कीर्तिमान कायम भएको छ ।
सेनाका शिरिष गुरुङ्गले राष्ट्रिय किर्तिमान कायम गर्ने सिलसिलालाई निरन्तरता प्रदान आज पनि २ राष्ट्रिय किर्तिमान कायम गरे । उनले ४ सय मिटर ब्यक्तिगत मिड्लेमा चौथो एनएसए कप २०१४ मा आफ्नै नाममा राखेको ५ मिनट १५.३५ सेकेन्डको समयमा सुधार गर्दै ५ मिनट ११.७२ सेकेन्डका साथ नयाँ राष्ट्रिय किर्तिमान कायम गरे ।
यस्तै उनले १०० मिटर ब्याक स्ट्रोकमा १२ खुला पौडी प्रतियोगिता २००१ मा पुष्पराज शाहीले राखेको १ मिनट १३.१७ सेकेन्डलाई पछि पार्दै १ मिनट १२.०९ सेकेन्डको समय आफ्नो नाममा लेखाउन सफल भए । यससँगै शिरिषले १६ स्वर्ण पदकका साथै ६ राष्ट्रिय किर्तिमान कायम गरे ।
अर्को राष्ट्रिय किर्तिमान सेनाकै सोफिया शाहको नाममा रहृयो । सोफियाले आफ्नो नाममा पाचौं एनएसए कपमा ५० मिटर फ्रिस्टायलमा राखेको २९.३३ सेकेन्डको समयमा सुधार गर्दै २९.२२ सेकेन्डको समय निकालिन् । उनले प्रतियोगिताको हिट चरणमा उक्त किर्तिमान बनाएकी हुन् । सोफियाले शुक्रबार तीन स्वर्ण पदक प्राप्त गरिन् ।
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.