भूमिराज र पुष्पालाई म्याराथन उपाधि

कार्तिक १।  सातौं राष्ट्रिय खेलकुद–२०७२ अन्तर्गत् ४१ औं राष्ट्रिय एथ्लेटिक्सतर्फ म्याराथनको उपाधि पुरुषमा नेपाल प्रहरीका भूमिराज राई र महिलामा सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले जितेका छन् ।

विराटनगरमा भएको म्याराथनमा साविक विजेतासमेत भूमिले निर्धारित दूरी २ घन्टा ३१ मिनेट ०३ सेकेन्डमा पूरा गरे । सशस्त्रका खीमबहादुर खत्री दोस्रोतथा सशस्त्रकै दानबहादुर धामी तेस्रो भए । यस्तै, निर्धारित दूरी ३ घन्टा ३२ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि जितिन् । सशस्त्रकी सोनुजया राईले ३ घन्टा ३३ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोस्रो तथा मध्यपश्चिमाञ्चलकी विष्णुमाया बुढा तेस्रो भइन् ।
म्याराथनको पुरुषमा १३ तथा महिला ७ गरी २० प्रतिस्पर्धी सहभागी थिए । सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुआत मंसिर ११ देखि पूर्वाञ्चलमा हुँदैछ ।

यसअघि, सातौं राष्ट्रिय खेलकुदअन्तर्गत् शारीरिक सुगठन र पौडी प्रतियोगिता सम्पन्न भइसकेको छ ।
Labels: ,

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.